Posted by: cybernepali November 20, 2015
सुजाता कोइरालाले मधेसवादी दललाई भारतको ‘वफादार कुत्ता’सँग तुलना गर्नुभए
Login in to Rate this Post:     0       ?        

Sujata-Koiralaकाठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मधेसवादी दललाई भारतको ‘वफादार कुत्ता’सँग तुलना गर्नुभएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी कांग्रेस पदाधिकारी बैठकबाट बाहिरिँदै नेत्री कोइरालाले सञ्चारकर्मीसँग भन्नुभयो- मधेसमा आन्दोलन गरिरहेको मधेसी मोर्चामा आबद्ध दलहरु राजनीतिक दल होइनन्, अर्काको उक्साहटमा उफ्रिने मधेसी मोर्चाको नाकाबन्दी र आन्दोलन गर्ने हैसियत छैन्, तिमीहरुका कुनै माग पुरा हुँदैनन् ।

निकै कडा रुपमा प्रस्तुत हुनुभएका नेत्री कोइरालाले नाकाबन्दी खोल्न भारतसँग कुटनीतिक पहल गर्नुपर्ने तर, मधेसी मोर्चासँग वार्ता नभई कुरै गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो- नाकाबन्दी खोल्ने हो कुटनीतिक रुपमा पहल गर्नुपर्छ । यिनीहरु(मधेसी मोर्चा)सँग केही गर्नुहुँदैन् ।

उहाँले मधेसवादी दलले भन्दैमा सीमाकंन परिवर्तन नहुने धारणा राख्नुभयो । ‘मधेसवादी दलले भन्दैमा सीमाकंन परिवर्तन हुँदैन् । यिनीहरु दलनै होइनन् किन मान्ने ।’

- See more at: http://dainiknepal.com/2015/104476.html#sthash.j3t4sP2T.bPiOWEiF.dpuf
Read Full Discussion Thread for this article