Posted by: _____ November 8, 2015
बिहारको चुनावमा मोदीको घमण्डको हार'
Login in to Rate this Post:     2       ?         Liked by
बिहारको चुनावमा मोदीको घमण्डको हार'


अन्नपूर्ण | २०७२ कार्तिक २२ आईतवार 8273 पटक पढिएको

घृणाको राजनीति बिहारमा फेल
काठमाडौं : बिहार विधानसभाको चुनामा नितिशकुमार नेतृत्वको महागठबन्धन दुर्इतिहार्इ बहुतमततर्फ लम्किरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव हारेको स्वीकार गरेका छन् ।

मोदीले महागठबन्धनका नेता नितिशकुमारलार्इ फोन गरेर चुनाव जितेकोमा बधार्इ दिए । उनको पार्टी भाजपाले पनि सबै चुनावी परिणाम आउनुअघि नै औपचारिकरुपमा चुनाव हारेको स्वीकार गरिसकेको छ ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि चनाव जितेकोमा नितिशकमारलार्इ बधार्इ दिएका छन् ।

बिहार चुनावलार्इ आफ्नो प्रतिष्ठाको लडाइँ बनाएका मोदीलार्इ कांग्रेसको समेत सहयोगमा निति-लालुले घुँडा टेकाएपछि उनको पार्टी भाजपाबाटै कडा आलोचना भएको छ ।

कांग्रेसकै वरिष्ठ नेता र सहयोगी संगठनहरुले मोदीकै कारण चुनाव हारेको जनाउँदै यो हारको जिम्मेवारी उनैले लिनुपर्ने बताएका छन् ।

भाजपाकै सहयोगी शिवसेनाले बिहारको चुनावमा ब्यहोरेको फराकिलो हारको लागि प्रम नरेन्द्र मोदीलार्इ जिम्मेवार ठहर्याएको छ ।

'हामी नितीश कुमारलार्इ बधार्इ दिन्छौं। यो नतिजाले देशको राजनीतिक भविष्य तय गर्नेछ', शिवसेनाका नेता सञजय राउतले भने, 'जब कांग्रेस हार्छ, त्यसको जिम्मेवार सोनिया गान्धीको हुन्छ । त्यसैगरी भाजपाले पनि यो चुनावमा हारको जिम्मेवारी प्रम मोदीलार्इ बनाउनुपर्छ । '

भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि यो परिणमालार्इ मोदीको घमण्डको हारको संज्ञा दिएका छन् । 'यो घृणा, घमण्ड र रिसको हार हो । म चाहन्छु कि मोदीजी आफ्नो घमण्ड कम गरुन् । यो उनका लागि राम्रो हुनेछ र देशका लागि पनि ।'

दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले पनि बिहारमा मोदीको घृणाको राजनीतिले घुँडा टेकेको बताएका छन् ।
'घृणाको राजनीति फेल बिहारमा फेल भयो । यो मोदीको काममाथिको प्रश्न हो । देशमा असहिष्णुताको माहोल अब सकिनेछ', उनले भनेका छन्, 'आशा छ, कि दिल्ली सरकारको कामकाजमा केन्द्र सरकारको हस्तक्षेप बन्द हुनेछ । हामी आशा गरौं, बिहारको विकासका लागि जुन प्याकेज मोदीजीले घोषणा गरेका थिए, त्यसलार्इ तत्काल पठाइदिउन् । मोदीजी अब विदेश घुम्न बन्द गरुन् ।'

तृणमूल कांग्रेसका प्रवक्ता डेरेक ओ ब्रायनले भने, 'भारतलार्इ बचाउनका लागि भाजपाले हार्यो, भारतले जित्यो । बिहारमा भाजपा तेस्रो नम्बरमा रह्यो । पश्चिम बंगालमा चौथे नम्बरमा रहनेछ ।'

महागठबन्धनका नेता लालुप्रसाद यादवले यो जितलार्इ गरिबको जितको संज्ञा दिएका छन् । 'गरिब, मजदुर, उपेक्षित र समस्त बिहारवासीसँग म नतमस्तक हुँदै यस ऐतिहासिक जीतका लागि कोटी कोटी धन्यवाद दिन्छु', लालुले भनेका छन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले नितीश कुमारलार्इ बधार्इ दिँदै यो जित सहिष्णुताको भएको बताइन् । 'लालु र नितीशजी तथा पूरै टीम र बिहारमा रहेका मेरा भाइ-बहिनीलार्इ बधार्इ । यो सहिष्णुताको जीत र असहिष्णुताको हार हो', उनले भनेकी छन् ।
- See more at: http://annapurnapost.com/News.aspx/story/21506#sthash.zbJyUn57.dpuf
Read Full Discussion Thread for this article