Posted by: cybernepali November 5, 2015
नेता बन्नुमा नै रहेछ फाइदा
Login in to Rate this Post:     0       ?        
त्यसैले हुनुस् अब नेता
क्यालिफोर्निया, अमेरिका - कोष प्रसाद न्यौपाने (पीएचडी)
खडेरीले नसुक्ने, असिनाले नचुट्ने बाढी-पहिरोले नलाने, भुकम्पले नखाने सधैं-भरी फस्टाउने, गर्नुस् एउटा खेती, फाईदा छ भने जती योग्यता नि नचाहिने, औँठा छापले चल्ने, संबिधान त त्यस्तै हो, जनतालाई छल्ने, उमेर हद्बन्दी लाग्दैन, नियम कानुनले छुदैन, पछी भनेको के हो के हो, अहिले नकुम्ल्याई भाछैन, किन हो सोच्ने यती ? गर्नुस् राजनीति खेती फाईदा छ के भने जती ! हिंड्नु पनि नपर्ने, प्राडो-पजेरो आईहाल्ने डोरी-पर्खाल भेटेमा, नाघ्न पनी पाईहाल्ने भोट्, नोट पाईन्छ, झुट्टा आश्वासन खुवाईन्छ देश-बिदेश धाईन्छ पासपोर्ट बेच्न पाईन्छ कलहको बिऊ रोप्दै, बन्द गर्न लाईन्छ यस्तो स्वर्ग कहाँ पाईन्छ ? किन भौतारिनुहुन्छ उता त्यसैले हुनुस् अब नेता । लोकतन्त्र, गणतन्त्र, तन्त्रै-तन्त्र गाउँने; मन नपर्ने बिपक्षीलाई, भाटै-भाटा लाउने; सडक देखी सदन सम्म, ताण्डब्य निर्त्य गर्न पाउने; यस्तो सुख छोडिकन, किन दु:ख गर्न आउने? छोड्नुस् नानाभाँती, हुनुस् अब नेता साथी। आय-स्रोत पनि नचाहिने, महलमा बस्न पाइने; अख्तियारले सोधेमा, भाग-बन्डा लाइने; जेल परेर के भो र? षणयन्त्रको गाथा गाउँने; प्रमोसन भई आउने, फुलमालाले छाउने; यस्तो आनन्द छोडिकन, कता जानुहुन्छ उता, अब आउनुस् यता, त्यसैले हुनुस् अब नेता ।

http://www.nepalipost.com/index/?a=read&catid=3&id=15007
Read Full Discussion Thread for this article