Posted by: cybernepali October 26, 2015
यसरि आउदैछ चीनबाट पेट्रोल
Login in to Rate this Post:     0       ?        

८ कात्तिक , काठमाडौं । चीनले नेपाललाई तत्काल अनुदानमा दिन लागेको १३ लाख लिटर तेल सीमावर्ती केरुङबाटै दिने भएको छ । चीनले नेपालको इन्धन संकटमा सहयोग गर्ने गरी दिन लागेको तेल लिन नेपाली ट्यांकर केरुङसम्म पुग्नुपर्ने बताएको नेपाल आयल निगमले जनाएको छ ।

Truck-in-petrol


कसरी आउँछ तेल ?

एक हप्ताभित्र नेपालमा चीनबाट तेल आईसक्ने निगमका प्रवक्ता दीपक बरालले बताए । चीनले केरुङ बाटनै नेपाललाई तेल दिन सक्ने बताएपछि निगम ट्यांकरको तयारीमा लागेको छ । केहङबाट चीनले डिपो वा ट्याकर मार्फत तेल दिन लागेको हो भन्नेमा निगम स्पष्ट छैन ।


केरुङ-रसुवागढीबाट २२ किलोमिटरको दुरीमा छ । काठमाडाैं बाट रसुवागढी पुग्न पासाङ ल्हामु राजमार्ग हुँदै झण्डै १ सय ६० किलोमिटर भन्दा बढी दुरी तय गर्नुपर्छ । यसरी काठमाडौंमा तेल आपूर्ति गर्ने ट्याकंरले लगभग १ सय ८० किलोमिटरको दुरीबाट तेल ल्याउने छन् ।


‘अनुदानको तेल केरुङबाट दिन्छौं भनेका छन् ।’ प्रवक्ता बरालले भने -‘तर, ब्यापारिक हिसाबले तेल ल्याउँदा चीनले काहाँबाट दिन्छ भन्न सकिन्न ।’ तेल दिनेबारे चीनसँग औपचारिसक सम्झौता गर्ने तयारी भइरहेको छ । त्यसपछि धेरै अन्यौलका विषयमा टुंगो लाग्नेछ ।


चिनियाँ तेल गुणस्तरीय होला ?


नेपाल आयल निगमले चीनबाट अनुदानमा ल्याउने तेल नेपालका सवारीमा काम नलाग्ने भन्ने हल्ला निराधार भएको बताएको छ । चीनले नेपानललाई युरो-चार स्ट्यान्डर्डको हुने निगमका प्रवक्ता बरालले बताए ।

‘चीनमा प्रयोग हुने तेल भारतको भन्दा उच्च गुणस्तरको हो । यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको तेल भएकाले नेपालका सबै गाडीमा तेल प्रयोग गर्न सकिन्छ’ उनले भने- ‘तेलको गुणस्तरीयतबारे कसैले शंका गर्नुपर्ने छैन ।’

चीनबाट आएको तेलको मूल्य कति ?


चीनले पहिलो चरणमा नेपाललाई अनुदानमा तेल दिदैछ । १ लाख मेटि्रक टन अर्थात् १३ लाख लिटर तेल अनुमानमा चीनले सहयोग गर्दैछ । यो तेल नेपाली ट्यांकरले केरुङ पुगेर ल्याउने छन् । नेपाल आयल निगमले तत्काल अनुदानमा आउने तेल बिक्री गर्दा मूल्य घटबढ गर्ने योजना बनाएको छैन ।


‘१३ लाख लिटर तेलको ढुवानी लागत मात्रै हाम्रो हो । त्यसपछि व्यापारिकरुपमा आउने तेलको मूल्य फरक पर्न सक्छ । तर, अहिले आउने तेलको मूल्यमा कुनै फेरबदल हुँदैन’ प्रवक्ता बरालले भने ।


ट्याकंर तयार गरिँदै


निगमले चीनबाट तेल ल्याउने भनेपछि चुस्त अवस्थाको ट्यांकरलाई तयारीमा राख्न डिपोहरुलाई निर्देशन दिएको छ । केरुङसम्म पुग्ने बाटो केही असहज भएकाले चुस्त अवस्थाको ट्यांकरलाई तेल लिन पठाउने निगमको योजना छ । चीनबाट पहिलो चरणमा अनुदानको तेल आएपछि सबै स्थिति हेरेर निगमले ब्यापारिकरुपमा चीनबाटै तेल खरिद सुरु गर्ने जनाएको छ ।

- See more at: http://www.onlinekhabar.com/2015/10/342088/#sthash.hRkNaveP.dpuf
Read Full Discussion Thread for this article