Posted by: ugeslimbu October 21, 2015
सहधर्मी मित्र तथा बिश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक विजय पौडेलले सत्य मात्र होइन साहस पनि लेखेछन | क्या बात !
Login in to Rate this Post:     0       ?        
"नवनिर्वाचित अध्यक्ष शेष घलेको अघिल्लो कार्यकालको सक्रियता र उनको सकारात्मक कार्यशैली र शेष घलेको व्यापारिक उचाइ नै उनलाई अर्को कार्यकाल दोहोर्याउन यथेष्ट थियो । तर पनि नयाँ नेतृत्वका लागि कांग्रेस पार्टीको आर्शिवाद चाहिन्छ भन्ने भ्रम उनीभित्र पनि थियो या उनकै वरिपरि घुम्नेहरुले त्यो भ्रम छरिदिए । उनी पनि जनसम्पर्क समितिको एक झुण्डको साथ लागेर भर्खरै सरकारबाट पेन्सन पकाएका कांग्रेस सभापतिसँग कांग्रेसी बिल्ला भिर्न पुगिहाले । कांग्रेस सभापति कोइरालाले कांग्रेसको आधिकारिक उम्मेदवार तपाईं नै हो भनिदिएपछि मन हलुका बनाउँदै फर्किएका घलेले अर्का प्रत्यासी रतन झालाई उम्मेदवारी फिर्ता गराउने अस्त्र कोइरालाको इन्डोर्समेन्टलाई बनाए । कांग्रेसको पनि आधिकारिक समर्थन मलाई भयो, तपाईंले छाड्नुप¥यो भन्ने दबाब रतन झामाथि घलेको थियो । नेपाली प्रवासी संगठनमा त्यो उचाइ प्राप्त गरिसकेका शेष घलेले रतन झाको उम्मेदवारी फिर्ता र कांग्रेस सभापतिसँगको भेटले मात्र ढुक्क हुन सकेनन् । राजनीतिक दलको आर्शिवादका लागि शेष घले भर्खरै प्रधानमन्त्री बनेका खड्गप्रसाद ओलीसम्म पुग्न भ्याए । घलेको प्रधानमन्त्रीसँगको भेटपछि अर्का प्रत्यासी टीबी कार्कीमाथि उम्मेदवारी फिर्ता लिने दबाब नेपाल कम्युनिष्ट पार्टी एमालेको नेतृत्व पंक्तिबाट परेको थियो । भलै टीबी कार्कीलाई एमालेको दबाबलाई टेरेनन् ।"
Read Full Discussion Thread for this article