Posted by: ugeslimbu October 21, 2015
दुखेको बडा दशैं , नदुखेको एनआरएन अमेरिका : जित देवी दुर्गा वा राक्षस रावणको ????
Login in to Rate this Post:     0       ?        

संसारभर सत्य र असत्यको प्रायः फैसला जित र हारको इतिहासले निर्धारण गरेको पाइन्छ । जित्नेहरूको प्रशंसा गर्दागर्दै मान्छे हार्नेहरूको योगदानको चर्चा गर्ने समय नै पाउँदैनन् । वा, जानिजानी बिर्सिदिन्छन्, बिर्सेको अभिनय गरिदिन्छन् । धेरै अवस्थामा त जित्नेहरूले हार्नेहरूको अस्तित्व नै नामेट पारिदिन्छन् । आफूलाई देवत्वकरण गर्नकै लागि हार्नेहरूलाई दानवीकरण गरिदिन्छन् । पूर्वीय मिथकमा रावण एउटा त्यस्तै पात्र हो, जो हारेको हुनाले उनको योगदानलाई जित्नेहरुले मेटिदिएका छन् । - सुबाश मल्ल

अहिले वडा दशैंको इतिहास देखिको संदेश अमेरिकी एन आर एन मा तेही सत्य र असत्य बीच जित र हारहरुको युद्धमा छ / धेरै अवस्थामा त जित्नेहरूले हार्नेहरूको अस्तित्व नै नामेट पारिदिन्छन् । तर परिणाम ठिक उल्टो / कहिले काँही हार्ने हरुले ले नि जित प्रभावित बनाई दिन्छन / एनआरएन अमेरिकाका रावण रुपी ९ जनाको जित र दुर्गा रुपी डाक्टर पौडेल, उनको नेतृत्व र सल्लाहकारको हारले इतिहासलाई वर्तमानमा रावणको जित सावित गरिदिएको छ / घर फुटेको अबस्थामा जितको परिकल्पना र उल्लासमा रमाउने कोरा बिजय गतिलो पाठ बन्न पुगेको छ / स्वीकार्न गारो हुन्छ तर नियतिले सिकाएको पाठ यहि हो /

बडा दशैंको खुशियाली मा दशैं लाई आत्मसाथ गर्न नि कता कता संकोच लागेको छ / उता देशका बुबाआमा दाजुभाई दिदिबहिनि नि तेती खुसि देखिन्नन् / तेलको अभावमा परम्परागत संस्कृति भनौ या के ? ले नि यस बर्ष छलाङ्ग मार्यो / गोर्खाको फूलपाती काठमाडौँ भित्रेन / किशोर किशोरीको यात्रा बसको हुडमा तय भो / धमला को पेट्रोलको ग्यालेन र एनआरएनए ले पेट्रोल लिन पाएको सिफारिश ले आफैलाई सरम भो / उप प्रधान मन्त्रि तथा पररास्ट्र मन्त्रि कमल थापाको भारत भ्रमण नि आइसीसीमा हाम्रा उम्मेदवार हरु झैँ कै ताल भो / ४६ सालमा आको प्रजातन्त्र ले नि ३०औ बर्ष गांठ मनाउने बेला भो अर्थात् संसदीय व्यबस्थाको अभ्यास / ३० वर्षे पंचायती कालरात्रि भन्ने हरुले अब के भन्छन सुन्न बाँकि छ / ओली शासक संग नि उखान टुक्का कै मात्र तागत देखियो देश चलाउने तागत देखिएन यता हाम्रा डाक्टर साब जस्तै / होइन उदार निरंकुस तानाशाह खोजेको आज देखि होइन कहिले भेटिन्न / यता उपचार गर्न आएका आदित्य बडा दशैँ कै अवसर पारेर सप्तमीका दिन सनफ्रान्सिस्को बाट खुसुक्क लस एन्जल्स ओर्ले वा ओरालियो , खादा ले सम्मान गरे पदिय दायित्व बोक्नेहरुले / भजन सुने भगवान कृष्ण जी को झैँ मन्द मुस्कानमा रमाए , केहिले काखीमा च्यापेर तस्बिर खिचे , फेसबुकमा राखे यता लस एञ्जलसबासि हेरेका हेरेइ / उता दशैको माझ बाल्टिमोरमा एक नेपाली युवाको असामयिक निधनलेले जुठो परेको अमेरिकी एनआरएन र उसको सामाजिक नेताले श्रधांजलि ब्यक्त गर्नुको सट्टा दशैंको शुभकामना छपाई दिएछन बाल्टिमोर नाम गरेकै एक बिधुतिय पत्रिका मार्फत /

जता जे होस् देवी दुर्गाको जय जय गान छ हरेक चोक , गल्लि , घुम्ती , गाउँ र शहरमा / रावणहरु घृणा का पात्र छन् / सिकेको , जानेको , बुझेको यहि हो हिन्दु संस्कारमा / उता तेही रावण हिन्दु संस्कारमा हाम्रो अर्को छिमेकी राष्ट्र श्री लंकामा पुजनीय छ र ठिक यसै बेला उसको जय जय कार गरिंदै छ /

बडा दशैं को अवसर भन्दा नि एन आर एन ए को ग्लोबल कन्फरेन्स को नारा दिएर ताम झाम मा विदेशिएका अमेरिकी एनआरएन लुसु लुसु लाज पचाएर एक एक गरेर स्वदेश फिर्दै छन् र फिर्ने क्रम जारी छ / दोहोरिदै छ उही न्यायको खेति टेनेशी अदालत / खोइ सत्य के हो? देवी दुर्गा वा रावण ? साच्[Disallowed String for - ...]ै तिमि सत्यवती वा सत्यवान हौ भने दुध को दुध पानीको पानि छुट्याई देउ / होइन भने मेरो तिमि प्रतिको आस्थामा शंका उब्जिनेछ / मेरो उजुरी माथि न्यायिक समिति एनआरएन अमेरिकाले अहिले सम्म फैसला दिएको छैन / लग भग ६० दिन काटी सक्यो सायद / सेप्टेम्बर १२ को एन आर एन अमेरिकाको तथाकथित चौथो साधारण सभा र साधारण सभाका संवेदनशील एजेन्डा हरुले लोप्पा खुवाएको सर्व विदितै छ / ग्लोवल कन्फरेन्स का लागि प्रतिनिधि छनौटको निर्णय र त्यसको परिणाम ले त इजार खोलि राख्नु परेन सर्वाङ्ग देखियो नै / उप प्रधान मन्त्रि लाई दिएको पत्र ले एनआरएन अमेरिकाको नेतृत्व को दुरदर्शिता को कुरै छोडौ / अब देखिएको सर्वाङ्ग नाङ्गो चरित्र लाई कसरि ढाक्छोप गर्ने हो ? सुनिंदै छ डाक्टर साब र उनको नेतृत्व लाइ अविस्वासको प्रस्ताब उनका फर्जी फौज बाटै सुरु हुदैछ भन्ने / त्यसलाई कसरि किनारा लाउने हुन् मात्र देवी भवानी वा तिनै लंकाको राजा राक्षस रावण लाई थाहा होला / रावण राक्षस गणका भयंकर योद्धा सुमालीकी छोरी कैकसी र महान ऋषि विश्वश्रवाको कोखबाट जन्मेकाले रावणमा बौद्धिकता र लडाकुपन दुवै थियो । अब देवी दुर्गा को महिमा को त कुरै छोडौ / उता रामायण मा दस टाउके रावण को चर्चा छ यता अमेरिकी एन आर एन मा नौ टाउके रावण को चर्चा / यता डाक्टर , वकिल , समाज सेवी , परोपकारी , जन सम्पर्कहरु सबैको भिड नेतृत्वमा छ / कुरो यदि यहि साचो हो भने के भएछ भन्नु होला ? उ जन्मका देवी अहिलेका रावण भएछन यो जन्म रावण , देवी भएछन अर्थात् एनआरएन अमेरिका को नेतृत्व र उसको सल्लाहकार अहिलेका रावण / छलकपट नि कति जान्या /

अब मूल सन्दर्भ तिर : सेप्टेम्बर ९ मा टेनेसी अदालत मा एउटा छलफल भो / डाक्टर साब र उन्हाका सल्लाहकार वकिल साब खगेन्द्र जिसी नि उपस्थित हुनु भो / नेतृत्वको तर्फ वाट नि कानुन विद छनौट भए र एउटा अदालती सम्झौता गरियो / दुवै समूह ( रावण र देवी ) का भाडाका वकिल को रोहवरमा सम्झौता गरियो / तथाकथित चौथो साधारण सभा हुने भो डाक्टर साबले उर्दी जारी गरे र जात्राको तालमा तथाकथित साधारण सभा सकियो / सबैले देखेकै हो सुनेकै हो / भाडाका वकिलले सहि छाप गरे पछि न्यायाधिस को नि सहि छाप गर्ने ठाउँ थियो / आज होला सहि छाप छैन , भोलि होला छैन . पर्सि होला छैन , अन्त्यमा इमेल आयो डाक्टर साबको नेतृत्व का वकिल का तर्फ बाट सहि छाप गर्न सक्दिन किन भने म जागिर वटा निकालिए भनेर / अब नौ टाउके रावण हेरेका हेरेइ / देवी दुर्गा को चतुर्याई "कानुनी बौद्धिक बेस्या प्रवृति " बाट आजित / मर्नु भन्दा त बहुलाउनु निको सम्झेको हो कि के हो ? मुस्किल ले एउटा टेलिफोन बैठक गरेर कोहि बिदेसिए कोहि स्वदेशिये / अन्तत बैठक को अन्तिम निष्कर्स निकालेरै छोडे / यहि निष्कर्ष थियो / हुने सम्म धोका सहन सकिन्छ , अति सहन सकिन्छ चार सहन सकिन्न / जसको मारमा परे खगेन्द्र र राजेन्द्र / स्वीकार्न गारो पर्ला तर यथार्थ यहि हो / आइसीसी को परिणाम आयो / सब हेरेका हेरेइ / आफ्नो घर मजबुत नपारी गाउको घर मजबुत पार्न सकिन्न / सिक्नु पर्ने पाठ यहि हो / सुनिंदै छ फेरि मुद्दा बिउतियो र अदालत को मान हानी हुने गरि को जिकिर छ रे / अब हिजो खगेन्द्र को समझदारी र समन्वयमा उम्मेदवारी दिएका राजेन्द्रले किनारा लाउने हुन् वा सल्लाहकार खगेन्द्र फेरि टेनेसी पुग्छन वा सोनाम हाईवे दगुर्छन वा यु टर्न गर्छन त्यो भविस्य ले बताउला /

आइसीसीको चुनावमा साझा उम्मेदवार को ढोल पिटियो , ब्यबसायिक उम्मेदवार र उनका भाडाका सल्लाहकारले त परिणाम अघि नै हिप हिप हुर्रे लगाए / टिम अमेरिका देखि , टिम लस एन्जल्सको लर्को को होहल्लाह नियन्त्रण का लागि सुरक्छ्या कर्मीले सिटि बजाए / र नि जित हासिल भएन / यता झन्डै ४ महिना देखि जितुवा भनिएकाहरुलाई राम भगवान र हरुवा भनिएकाहरुलाई रावणलाई दानवका रुपमा परिभाषित गरियो । सायद रावणले युद्ध जितेका भए उनी नै भगवान र राम दानव हुन्थे कि ?" सुवास मल्ल जी ले भने जस्तो एन आर एन अमेरिका नौ टाउके रावण मा नि केहि सत्यता छ भनि खोजि गर्ने दिन आएको हो कि ?

कतै खगेन्द्र र राजेन्द्र को पराजय सुवास मल्लको यहि उक्ति संग त मेल खादैन ??

रावणलाई सबैभन्दा बढी घाटा आफ्नै भाइ विभिषण र अर्का राजा बलिका भाइ सुग्रिवबाट भएको हो । यी दुईको गठबन्धनले रामलाई रावणका कमजोरीको सुराकी मात्र दिएनन्, बरु रावणका दुश्मनसँगको रामको सम्बन्ध स्थापित गर्न पनि सहयोग गरे । दाजुको सत्ता हत्याउन गरिएको यस्तो कार्यलाई षड्यन्त्र मान्ने कि सत्यका लागि संघर्ष ?

आँखिर व्यक्तिगत रुपमा जित र हार जसको भए नि संस्था गत रुपमा हार दिन पर दिन एनआरएन अमेरिकाको भएको छ, हार न्युयोर्कको भएको छ , हार लस एञ्जलस को भएको छ / त्यसमा दुबिधा छैन / यो हारको केहि हिस्सेदार डाक्टर पौडेल नि हुन् / घर को समस्या बेलैमा समाधान गर्न नसक्नु र खगेन्द्र र राजेन्द्र लाई बलिको बोको बनाउनु मा उनको नि कहिँ न कहिँ हात छ / उनको असछ्म नेतृत्वले कि त उम्मेदवारी रोक्न सक्नु पर्थियो या त जित दिलाउन सक्नु पर्थियो / नत्र के का लागि छान्यौ ११५ प्रतिनिधि ? वा किन गर्यौ झन्डै २३ हजार अमेरिकी डलर को खर्च मा तथाकथित साधारण सभा ??? जहिले नि अनुतरित प्रस्न हो यो / अन्तरास्ट्रिय हरुवाहरुले राष्ट्रिय घरमा आगो बलेको बेला अन्तरास्ट्रिय पदिय सितलता खोज्नु ( खगेन्द्र र राजेन्द्र ) दुबै को अदुरदर्शी निर्णय हो भन्दा सायद फरक नपर्ला / जसको निर्णय ले हाम्रो नुर गिरेको छ , शिर झुकेको छ , अन्तरास्ट्रिय प्रतिस्पर्धामा अबका दिनमा सोच्नु पर्ने बेला आएको छ /

अब हेर्न बाँकि छ कि अझै खगेन्द्र, डाक्टर केशवको सारथी बनि रहन्छन वा राजेन्द्र पारिवारिक पद जोगाऊ न लागिरहनछन वा त्यो भन्दा माथि उठेर तमाम एनआरएन अमेरिकाका साधारण र आजीवन सदस्य हरुको भावना अनुकुल संस्थाको उज्वल भविस्य , संस्थागत सुद्रिनिकरण र सिंगो एकताका लागि मियो को भूमिका निर्वाह गर्छन ? र देवी दुर्गा र रावणको इतिहासको त्यो कथा लाई दन्त्य कथा मा सावित गर्छन वा महाभारत को अर्को शृंखला निर्वाण गर्छन त्यो भविस्य ले बताउला / हेर्दै जाउ /

या देवी / रावण सक्ति रुपेन सस्तिता नमः तस्यै , नमः तस्यै, नमः तस्यै , नमो नमः /

सबैमा बडा दशैंको हार्दिक मंगलमय शुभकामना /

Read Full Discussion Thread for this article