Posted by: metta October 14, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
Ganesh Thapa got promoted to Constituent Assembly member when he was accused of corruption. This time he deserves to get nominated for sports minister.

म्याच फिक्सिङबारे एन्फालाई पहिले नै जानकारी !

आश्विन २७, २०७२- सन् २०११ मा नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिप अगाडि नेपाली राष्ट्रिय फुटबल टिमको तयारी लागि विदेश भ्रमणको कार्यक्रम तय भएको थियो । त्यति बेला नेपाल फिलिन्सिको मनिला र मलेसियाका क्वालालम्पुरमा गएको थियो । 

त्यस भ्रमणका क्रममा नेपालले फिलिपिन्ससँग एक औपचारिक खेल पनि खेलेको थियो । त्यही बेला नेपालका केही अन्तर्राष्ट्रिय खेलमा मिलोमतो भएको आशंकाको चर्चा सुरु भइसकेको थियो । केही खेलाडी विदेशी एजेन्टसँग सम्पर्कमा थिए भन्ने पनि जानकारी निस्केको थियो । 

कुन कुन खेलमा मिलोमतो भएको त्यो भने तय थिएन । विदेशी मिडियाले पनि नेपालका केही खेल शंकास्पद भएको समाचार दिइरहेका थिए । त्यति बेला नेपाली टिमका प्रशिक्षक बेलायतका ग्राहम रोबर्टस थिए । यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) सम्म पनि जानकारी पुगेपछि सबै खेलाडीलाई बोलाएर गोप्य बैठक राखिएको थियो । 

त्यसमा एन्फा अध्यक्ष गणेश थापा स्वंय उपस्थिति थिए । त्यति बेला खेलमिलोमतोबारे बैठकमा ब्यापक चर्चा भएको थियो । त्यस बैठकमा अध्यक्ष थापाले खेलाडीलाई म्याच फिक्सिङबारे बाहिर मिडिया र अरु कतै कसैलाई नभन्न र चुपचाप बस्न सबै खेलाडीलाई पशुपतिनाथको नाम लिएर वाचा गराएका थिए । 

त्यतिबेला खेलाडीलाई यसबारे बाहिर भनेको खण्डमा आउने पुस्ता पुस्तासम्म पनि सराप लाग्ने वाचा गराएका थिए । त्यसपछि खेलाडीले यसबारे बाहिर चर्चा नै गरेनन् । तर अधिकांस खेलाडीलाई आफूबीच नै केहीले मैदानमा अस्वभाविक प्रदर्शन गरेको शंका पनि थियो । 

प्रकाशित: आश्विन २७, २०७२ http://kantipur.ekantipur.com/news/2015-10-14/20151014191827.html
Read Full Discussion Thread for this article