Posted by: underwear October 4, 2015
हजुरबाउ को Travel
Login in to Rate this Post:     0       ?        
हजुरबाउ मुजीलाइ विसा पाउने बित्तिकै अमेरिका नछिरी भएन, बाउ आमा अहिले भाइ काँ, सबै मिलेर यो पालि दशैं को टिको मेरोमा लाउने भन्या छन्, ल्याउने मान्छे कोइ भएन, काका जाँठो यहाँ बर्सौ इल्लिगलि बस्या भएर विसा पाएनन, लौन कोइ छ काठमाडौँ देखि सिकागो/ डेट्रैट आउने?

अलि बढी गफ गर्छन, मान्छे तन्दुरुस्त छन् ८४ वर्ष भए पनि, लण्डन चक्कर मारी सके त्यसैले त्यति अबुझ छैनन्, भाइ ले इन्स्योरेन्स के के जाति मिलाइसक्यो, प्लेनै मा खुस्किए भने एरलाइन वाला हरु ले खबर गरि हाल्छन हाम्लाई, येसो आगामी दुइ हफ्ता भित्र आउने कोइ नेपालि छन् भने येसो जानकारी पाम न, नत्र व्हीलचेयर जिन्दाबाद.

हेल्प गरिदिएको खण्ड मा क्रिसमस मा एउटा गतिलो गिफ्ट पठाइदिम्ला.

Read Full Discussion Thread for this article