Posted by: cybernepali September 28, 2015
रसुवाको नाकाबाट यसैसाता चिनले सामान पठाउने
Login in to Rate this Post:     0       ?        

नेपालमाथी नाकाबन्दी गरेको भारतलाई चिनको अर्को झटका : रसुवाको नाकाबाट यसैसाता चिनले सामान पठाउने 

नेपालमाथी नाकाबन्दी गरेको भारतलाई चिनको अर्को झटका : रसुवाको नाकाबाट यसैसाता चिनले सामान पठाउने

काठमाडौं, ११ असोज / नाकाबन्दी गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भारतलाई छिमेकी देश चीनले ठूलो झट्का दिएको छ । नेपाल-चीन सीमा नाका रसुवागढीबाट यसैहप्तादेखि राजधानी काठमाडौंमा चिनियाँ सामाग्री पठाउने घोषणासँगै भारतलाई ठूलो झट्का लागेको हो । यसले भारतको व्यापारमा समेत घाटा हुने देखिएको छ ।

त्यसका लागि रसुवागढी नाका खोल्न नेपाल र चीनबीच सहमति भइसकेको छ । भने, नेपालतर्फ सम्पूर्ण तयारी पूरा भएको छ । अब चीनले आफ्नो भूभागमा पर्ने बाटोमा रहेको पहिरो तीन दिनमा हटाउने जनाइसकेको छ ।

rasuwa-gadi-naka

रसुवागढी नाका

सम्भवतः अबको तीन दिनपछि नै रसुवागढी नाका सूचारु हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए । ‘पहिरोले अवरुद्ध चीनतर्फको बाटो खोल्न तीन दिन लाग्ने कुरा आएको छ, बाटो खुल्ने बित्तिकै हामी सामान पाठाउछौं भनेर उनीहरुले भनेका छन्,’ सचिव उपाध्यायले भने ।

यता रसुवागढी भन्सार कार्यालय पनि चीनबाट सामान आए जाँच पास गर्न तयारी अवस्थामा छ । भन्सार प्रमुख केदार पनेरुले चीनले जति सामान पठाए पनि जाँचपास गर्न सक्ने अवस्थामा आफूहरु रहेको बताए । ‘नेपालतर्फ अब कुनै समस्या छैन, बाटोमा भएका समस्या पनि समाधान गरेका छौं । चीनले जति गाडी पठाए पनि काम गर्न सक्ने अवस्थामा अब भन्सार कार्यालय छ । सामान आए काठमाडौं पठाउन सक्छौं ।’ भन्सार प्रमुख पनेरुले बताए ।

भन्सार प्रमुख पनेरुका अनुसार रसुवागढी नाका खुलेसँगै चिनियाँ भूमीबाट १ सय ५० किलोमिटर दूरीमा काठमाडौं सामान आइपुग्छ । भारतले नेपालमा सामान आउने सबै नाका बन्द गरेपछि चीनबाट सामान आयात गर्न नयाँ नाकाको खोजी अनुरुप रसुवागढी नाका खुलाउन चीन र नेपाल सहमत भएका थिए ।

यस्तै, चिनियाँ राष्ट्रपति सि जिन पिङले पनि नेपाललाई जस्तोसुकै सहयोग गर्ने कुरा अमेरिकामा रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगको भेटमा बताएका छन् । नेपालमा चीनको सहयोगले भारतलाई ठूलो झट्का लाग्ने निश्चित छ ।

भारतले नाकाबन्दी लगाएर घमण्ड गरिरहदा चीनले नेपाललाई सहयोग गरेर भारतको त्यो घमण्डलाई तोड्न खोजेको विज्ञहरु बताउँछन् । नेपालमाथि भारतले घात गरिरहेका बेला चीनले भने सच्चा छिमेकीको भूमिका निभाउन खोजेको उनीहरु बताउँछन् ।

- See more at: http://purbelinews.com/2015/09/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A5%80-%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A4%BE%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%80-%E0%A4%97%E0%A4%B0%E0%A5%87%E0%A4%95/#sthash.DsYY9xvK.jJIHGYup.dpuf
Read Full Discussion Thread for this article