Posted by: cybernepali September 28, 2015
स्थानिय बासिन्दाहरुले नाकाबन्द गर्ने अन्दोलनकारिहरुलाइ लखेट्दा भारतमा भागे
Login in to Rate this Post:     0       ?        
तीन बुलेट ग्याससहित १७ वटा गाडी भित्रिए
भैरहवा : भैरहवास्थित बेलहिया नाका थुन्न बसेका मधेसी दलका कार्यकर्तालाई प्रतिकारमा उत्रेका स्थानीयले लखेटेका छन् ।

भारततर्फबाट आएर नाकामै धर्नामा बसेका आन्दोलनकारीविरुद्ध चर्का नाराबाजी गर्दै स्थानीयबासी प्रतिकारमा उत्रेपछि उनीहरु भारततर्फ भागेका हुन् ।

सोमबार दिउँसो मधेसी दलका कार्यकर्ताहरु भारतीय प्रहरीको आडमा भन्सार थुन्न बसेपछि सयौं स्थानीयबासी प्रतिकारमा उत्रेका थिए ।

भारतीय प्रहरीको सहयोगमा बसेका मोर्चाका कार्यकर्ताहरुमाथि स्थानीयबासी खन्निएपछि भारतीय प्रहरीले नै उनीहरुलाई त्यहाँबाट उठाएर भारततर्फ भगाएको हो ।

नेपालतर्फबाट नाका थुन्न जाँदा असुरक्षित भएपछि मधेसी मोर्चाका कार्यकर्ताहरु भारतमै बसेर नाका थुन्न आउने गरेका थिए ।

स्थानीयबासीले नाका अवरोध गर्न पाइँदैन भन्दै आन्दोलनकारीविरुद्ध चर्का नारबाजी गरेका थिए ।

मधेसी दलका कार्यकर्ता लखेटिएपछि बेलहिया नाकाबाट सोमबार दिउँसोसम्म १७ वटा ट्रक र ट्यांकर नेपाल भित्रिएका छन् ।

बेलहिया नाकाबाट सोमबार दिउँसो तीन बुलेट ग्यास, एउटा मट्टीतेल बोकेको ट्यांकर नेपाल छिरेका हुन् ।

त्यसैगरी आलु, प्याज, चोकर, कुखुराका दाना र कोइला बोकेका १३ वटा कन्टेनर पनि नेपाल छिरेका भैरहवा भन्सारका प्रमुख भन्सार अधिकृत लावण्यकुमार ढकालले जानकारी दिए ।

यो नाकाबाट सामान्य अवस्था मा तीन सयदेखि चार सयसम्म मालबाहक गाडी भित्रने गरेका छन् । भारतले यो नाकाबाट पेट्रोल र डिजेलका ट्यांकर भने अहिलेसम्म छोडेको छैन ।

मोदीको पुत्ला दहन
नेपालमा नाकाबन्दी लगाएको विरोधमा बुटवललमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्ला जनाइको छ ।

मोदी र भारत सरकारविरुद्ध चर्का नाराबाजी गर्दै स्थानीयबासीले सोमबार दिउँसो मोदीको पुत्ला जलाएका हुन् ।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/19845#sthash.b1r24Feu.Ehi6HRtk.dpuf
Read Full Discussion Thread for this article