Posted by: kamal kattel September 27, 2015
बाबुरामसँग हिसिला मात्रै
Login in to Rate this Post:     0       ?        
नेपाली राजनीतिका विवादास्पद पात्र बाबुराम भट्टराईले करिब ४० वर्ष बिताएको पार्टी छाड्दा उनकी धर्मपत्नी हिसिला यमीबाहेक अरुले साथ नदिने परिस्थिति बनेको छ ।

आजको तरुण साप्ताहिकमा खबर छ कुनै समय ५ लाख सदस्य रहेको पार्टी परित्याग गर्दा उनका भनेर चिनिएका सांसदहरु प्रभू साह, टोपबहादुर रायमाझी, अम्बर मण्डल कसैले पनि साथ दिएनन् । रायमाझीले पार्टी नछोड्ने घोषणा गरेका छन् भने प्रभू साह पनि संविधानमा मत नदिएकोमा कारवाही नगरीय एमाओवादी पार्टीमै रहने बुझिएको छ ।

बाबुरामले आफू प्रधानमन्त्री रहँदा सल्लाहकार बनेर अकुत सम्पत्ति कमाएमा देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, कुमार पौडेल र मधेसमा चुनाव हारेका रामचन्द्र झा, भरत साह, रामरिझन यादव लगायतले भने साथ दिन सक्ने बुझिएको छ । उनका स्वकीय सचिव विश्वदीप पाण्डेका बाबु भक्ति पाण्डे पनि समानुपातिक सभासद् पद जान सक्ने डरका कारण बाबुरामको पछि नलाग्ने भएका छन् । नयाँ शक्ति निर्माणको लागि लामो समय खर्च गरेका बाबुरामले कम्युनिष्ट सिद्धान्त त्यागेर पार्टी गठनको पहल गरिरहेका छन् । त्यसको लागि पहिलो भेला मधेसमै बोलाएका छन् ।
Read Full Discussion Thread for this article