Posted by: metta September 27, 2015
Modi's clone burned in Nepal
Login in to Rate this Post:     0       ?        
नाकाबन्दी मानवताविरोधी अपराध : कृष्ण पहाडीले भारतीय दूतावासमा धर्ना दिने

काठमाडौँ : कृष्ण पहाडीसहित नागरिक अगुवाहरुले सोमबार अपराह्न ४ बजे भारतीय दूतावासअगाडि मैनबत्तीसहित धर्ना दिने भएका छन्। नाकाबन्दी जारी रहे त्यसविरुद्ध सत्याग्रह गरिने पनि मानव अधिकार तथा शान्ति समाजले जनाएको छ। दवाव सिर्जना गर्ने नाममा कुनै निश्चित क्षेत्र/भूभागमा नाकाबन्दीको घोषणा गरेर मानवलाई प्रताडित गर्नु मानवताविरुद्धको अपराध भएको शान्ति समाजले भनेको छ। भारतले गरेको नाकाबन्दीको शान्ति समाजले निन्दा गर्दै नाकाबन्दी जस्तो मानवताविरुद्धको अपराध तत्काल अन्त्य गर्न आह्वान गरेको छ।  नयाँ संविधान जारी हुनुपूर्व र घोषणा भएपछि देशका केही भू–भाग विशेषतः तराई÷मधेशमा चलिरहेको आन्दोलनका सन्दर्भमा शान्ति समाजले आन्दोलन हिंसात्मक हुनु नहुने र राज्यले दमन गर्नु नहुने स्मरण गराउँदै संवादबाटै सहमतिमा पुग्न समाजले आग्रह गरेको छ।  - http://www.pahilopost.com/content/-8266.html
Read Full Discussion Thread for this article