Posted by: metta September 26, 2015
Evil India
Login in to Rate this Post:     0       ?        
Bharat Dahal:

लाेकराज बरालकाे मुकुण्डाेः

भारतले गरेकाे अत्याचारका बारेमा एक शब्द नबाेलेर संबन्ध बिगार्न खाेजेकाे अाराेप नेपालीहरूमाथि लगाउने लाेकराज बराल जस्ता छद्मभेषिहरूका बारेमा अहिलेसम्म मैले नराखेकाे एउटा कुरा राख्नैपर्ने भएकाे छ। गत चैत्र ५ गते लाेकराजकाे पहलमा काठमाडाैंका केहि स्वघाेषित बाैद्धिकहरूकाे भेला चितवनकाे साैराहामा भएकाे थियाे, जसमा खगेन्द्र संग्राैला लगायतका एक दर्जन जति व्यक्तिहरू थिए। उनीहरूकाे भेलाले परस्थिति अनुकूल भएकाे बेला मधेशवाद र जातिवादका मुद्दाहरूलार्इ एकजुट भएर उचाल्नुपर्ने निर्णय गरेकाे थियाे।

दिल्लीकाे कृयाकलापप्रति पूरै माैन रहेर तिनीहरूले २ दिन अघि दिएकाे वक्तव्य त्यहि बैठककाे याेजना हाे। यीनीहरू पूरै प्रायाेजित छन् भन्ने कुरामा द्वीविधा राख्नु हुँदैन। गिरीजा काेइरालाले गरेकाे टनकपुर संधिमा विवाद अाएपछि अध्ययन गर्न बनेकाे कार्दलकाे संयाेजकका नाताले उक्त संधि दुइतिहार्इ बहुमतबाट अनुमाेदन गर्नु पर्दैन भनेर सिफारिस गरेर दिल्लीकाे नांगाे दलालि गरे बापत भारतकाे राजदूत पड्काएका व्यक्ति हुन् लाेकराज बराल। उनी कथित बाैद्धिक वृत्तमा राजेन्द्र महताेभन्दा फरक हाेर्इनन्।

Read Full Discussion Thread for this article