Posted by: metta September 26, 2015
whats wrong if nepal becomes 7 states, governed by our politicians, but as part of Hindustan?
Login in to Rate this Post:     0       ?        

३६८ पियनको विज्ञापनमा २३ लाखको आवेदन, २५५ पिएचडी आवेदक

३६८ पियनको विज्ञापनमा २३ लाखको आवेदन, २५५ पिएचडी आवेदक
लखनऊ (भारत) – लखनउ निवासी आलोक चौरसियाले पिएचडी गरेका छन्। एक वर्षदेखि उनी कामको खोजी थिए। अगस्ट महिनामा उत्तर प्रदेश राज्य सरकारले पियन पदमा जागिर खुलायो। उनलाई लाग्यो कामै नगरी बस्नु भन्दा भन्दा यसैमा आवेदन गरौं। 'पियुनको काम गर्नु कुनै खराबी हैन', उनले बीबीसीसँग भने।

बरेलीका सचिवन कुमार २०१४ मा लखनऊको एक प्रतिष्ठित विश्वविद्यालयबाट इलेक्ट्रोनिक्समा बीटेक गरे। कामको खोजी गरे तर पाएनन्। बीटेक सकेको एक वर्षदेखि उनी बेरोजगार छन्। उनले पनि पियुन पदमा आवेदन गरेका छन्। 'म प्रतिस्पर्धाको तयारी गरिरहेको छु', उनी भन्छन्, 'सचिवालयको सेवाको एउटा हिस्सा बन्नु आफैँमा राम्रो कुरा हो।'

सचिनले विद्यालय तहको सीबीएसई बोर्डबाट उच्च अंकमा दश कक्षा पास गरेका थिए। सीबीएसई बोर्ड परीक्षामा उनले ७९ प्रतिशत ल्याएका छन्। प्लस टूमा उनको ७२ प्रतिशत छ। र पियन पदका लागि परीक्षाको तयारी गरिरहेका छन्।

लखनऊ स्थित राज्य प्रदेश सचिवालयले अगस्टमा एकै पटक ३६८ पियन पदमा भर्नाको सूचना निकालेको थियो। यसमा २३ लाख आवेदन परेका छन्। यी मध्ये २५५ जना पिएचडी गर्नेहरुको आवेदन परेको छ। २ लाखभन्दा बढी बीटेक ग्र्याजुएटहरु छन्।

media coverage

स्थानीय मिडियाले यो समाचारलाइ प्राथमिकतापूर्वक प्रकाशित गरेका छन्

आवेदन दिनेहरुमध्ये विभिन्न विषयमा डिग्री लिएका १ लाख ५२ हजार छन्। एमएस्सी, एमकम तथा बीकम पास गर्नेहरु पनि थुप्रै छन्।

३ हजार १३५ आवेदकहरु विद्यालय तहमा ८५ प्रतिशतभन्दा बढी अंक हाँसिल गर्नेहरु छन्। 

उत्तर प्रदेशको जनसंख्या लगभग २१.५ करोड छ। लखनऊ सहरकै मात्र जनसंख्या २८ लाखभन्दा बढी छ। यसले भारतमा बेरोजगारीको अवस्था संकेत गरेको छ।

पियुनको पदमा भर्ना हुन मात्र दुई सर्त छन्– पाँच कक्षा पास र साइक चलाउन जान्ने। त्यसमा पनि महिला र अपाड्डलाई यो नियम लागू नहुने राज्य प्रदेशले जनाएको छ। आवेदकमध्ये मात्र ५३ हजार ४२६ जना मात्र ५ कक्षा पास गरेका छन्। ७ लाख ५० हजार १२ कक्षा उत्तीर्णहरु छन्।

उत्तर प्रदेश सचिवालयका प्रशासक प्रभात मित्तल यी सबै आवेदकसँग अन्तरवार्ता लिन चार वर्ष लाग्ने बताउँछन्। 'आवेदकको संख्या देखेर मेरो होस उड्यो', उनले भने, 'सबैको अन्तरवार्ता गर्न कम्तिमा चार वर्ष लाग्छ।' सो पद पूर्तिको परीक्षा प्रणाली अन्तरवार्ता मात्रै हो।

अगस्ट महिनामा पियन पदका लागि उत्तर प्रदेश राज्य सरकारको सचिवालयले विज्ञापन निकालेको थियो। त्यसका लागि अनलाइन आवेदन गर्ने व्यवस्था गरिएको थियो।

यो पदमा न्युनतम मासिक तलब १६ हजार रुपैयाँ रहेको छ।

http://nagariknews.com/world/story/45550.html
Read Full Discussion Thread for this article