Posted by: ugeslimbu September 22, 2015
मधेसमा भारतबाट अमेरिकी हतियार भित्रिदै, सीमा नाकाबाट थप एक जना पक्राउ -
Login in to Rate this Post:     0       ?        

भारतबाट अमेरिकी हतियार बोकेर नेपाल प्रवेश गर्न लागेका एक युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट माडरबाट खटिएको एपीएफ टोलीले सोमबार मेड ईन युएसए लेखिएको एउटा पेस्तोल तथा सोको म्यागजीन र आठ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो । उक्त गोली मध्ये दुई वटा ७.५५ एमएमको गोली उक्त पेस्तोलमा फिट हुने तथा ६ वटा गोली ८ एमएमको रहेको छ ।

Pestol (1)पक्राउ पर्नेमा सिरहा जिल्लाको राजपुर गाविस ३ घर बताउने २४ वर्षिय महेशकुमार यादव छन् । एपीएफ टोलीले उनलाई सिरहा जिल्लाको सिरहा नगरपालिका १७ बाट सोमबार दिउँसो करीब पौने चार बजे पक्राउ गरेको हो । सो नाकामा एपीएफ टोलीले जाँच गर्ने क्रममा पेस्तोल तथा गोली फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

ना. २९ प १३८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवको उक्त मोटरसाइकलको सिटमुनी उल्लेखित पेस्तोल तथा गोली भेटिएको थियो । एपीएफ टोलीले त्यसवेला सो मोटरसाइकल समेत बरामद गरेको छ । यसअघि सशस्त्र प्रहरीले मधेसका नाकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरिसकेको छ ।

-
Read Full Discussion Thread for this article