Posted by: ugeslimbu September 18, 2015
प्रधानमन्त्री सहित १७ जना अमेरिका जाने, खर्च २ करोड -
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्री सुशील कोइराला १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको ७० औं महासभामा भाग लिन असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका छन्।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको हो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको जानकारी दिए । दुई साताको भ्रमणमा प्रधानमन्त्री कोइराला सहित परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे लगायत सरकारी उच्च अधिकारीहरु संग्लन हुनेछन्।

परराष्ट्र स्रोतका अनुसार असोज १४ गते राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री कोइरालाले सम्वोधन गर्ने कार्यक्रम छ । महासभामा भाग लिएपछि कोइरालाले अमेरिकामा आफ्नो स्वास्थ्य उपचार गराउने कार्यक्रम छ ।

भ्रमण खर्च २ करोड ३२ लाख

मन्त्रीपरिषद स्रोतका अनुसार कोइरालाको अमेरिका भ्रमणका लागि २ करोड ३२ लाख रुपैयाँ समेत मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ ।
-
Read Full Discussion Thread for this article