Posted by: ugeslimbu September 18, 2015
भारतीय विशेष दूत जयशंकरले हाम्रा नेतालाई दिएको धम्कि पूर्ण प्रश्न
Login in to Rate this Post:     0       ?        

हाम्रा नेताले खुट्टा कमाउने छैनन् । हामीमा पक्का विश्वाश छ । समयानुरुप कठोर निर्णय पनि जनहितदायी हुन्छ ।

भारतीय विशेष दूत जयशंकरले हाम्रा नेतालाई दिएको धम्कि पूर्ण प्रश्न

१. सेना, सशस्त्र प्रहरी र प्रहरीलाई ब्यारेकबाट निकालेर, कर्फ्यू लगाएर जारी हुने संविधानलाई हामीले कसरी स्वागत गर्न सक्छौं ?
२. भारतसँग सीमा जोडिएका सवै जिल्ला तनावग्रस्त छन् । के यसले हामी (भारत)लाई असर गर्दैन ? त्यस्तो अवस्थामा हामी कसरी टुलुटुलु हेरेर बस्न सक्छौं ?
३. असोज ३ गते संविधान जारी भएपछि ४ गतेबाट बोझ हल्का हुन्छ भनेर सोच्नुभएको होला । के तपाईंले सोंचेजस्तै हल्का होला भन्ने ठान्नुभएको छ ? यदि स्थिति भड्कियो भने कसरी सम्हाल्नुहुन्छ ?
४. काठमाडौं र मधेसको दुरी बढेको भन्ने मधेसी समुदायको ठूलो गुनासो छ, यसलाई ‘ग्राउण्ड लेभल’ बाटै सम्बोधन नगरी ल्याउने संविधानले कसरी स्थिरता ल्याउँछ ?
५. नयाँ संविधानलाई विश्वले समर्थन गरे पनि भारतले समर्थन गरेन भने त्यसले के अर्थ राख्छ ?

Read Full Discussion Thread for this article