Posted by: ugeslimbu September 16, 2015
विजय कुमार पाण्डेजीको अपमान पो भयो की !
Login in to Rate this Post:     1       ?         Liked by
‘एक महानतम् सोकल्ड एलिट लेखकका लागि सामान्य मदन पुरस्कार प्रदान गरिनु भन्दा लाटाहरुको काहानी लेख्ने लाटा लेखकहरुलाई पो दिनुपथ्र्यो, भन्ने कुरा थाहा पाउन मलाई १० वर्ष कुर्नुप¥यो ।’ –पाठक


यो भनाइ मेरो होइन । न त लेखक युग पाठक जीको नै हो । बरु, अति सामान्य र ‘चिप’ भट्टी पसलमा भेटिने आम पाठकहरुको हो ।

नेपाली लेखक–साहित्यकारको कुनै कृतिलाई दिइने सर्वोच्च सम्मान मदन पुरस्कार शुक्रबारको साइत पारेर एक जना सोकल्ड एलीट लेखकको एउटा सम्भ्रान्त संस्मरणलाई दिने निर्णय गरियो ।

सामाजिक सञ्जालमा धेरै लेखक, पाठकहरुले यस्तो निर्णयलाई योजनाबद्ध निगाहा भनी आलोचना र टिप्पणी गरे । नेपाली साहित्यका धेरै पाठकहरुको दाँतमै ढुँगो लागे जस्तो भयो । अझै बढी भनौँ, यो त दाँतमा फलाम लागे जस्तो पो भयो ।


यति भनिसकेपछि निज लेखकबारे केही लेख्नु जरुरी छ । लेखक तथा पत्रकार वीजय कुमार पाण्डे जी आफैँ एक ढोँगी लेखक मात्रै नभएर ढोँगी व्यक्ति नै हो भन्नुमा मलाई कुनै सन्देह छैन भनेर पाठकहरु भन्छन् ।
००

प्रिय पाठक, यस्ता महानतम् लेखक पाण्डे जी जस्तो व्यक्तित्वलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेर कतै उहाँकै हपमान त भएको छैन ! यस विषयमा कहिल्यै सोच्नुभएको छ ?


यस्ता एलीटलाई मदन पुरस्कार दिएर उहाँको अपमान पो भयो की भन्न कुनै सन्देह छैन । किन भन्नुहोला : उहाँलाई यस्ता नाथे पुरस्कारले सम्मान हुनै सक्दैन । उहाँ त नेपालमा भएका अरु औसत पत्रकार भन्दा निकै भिन्न र विशेष खाले लेखक पो हो त ।


जो अरु औसत लेखक कविले पाउने पुरस्कार हात थापेर आफ्नो एलीटपन कसरी गिराउन सक्नुहोला । वीजय पाण्डे जी त वीरेन्द्रजी, ज्ञानेन्द्रजी र रानी ऐश्वर्यजी जस्ता महानतम् राजा–रानीहरुसँग सिधा आँखा जुधाएर वियर पिउने अद्धित्तीय लेखक ।


उहाँ जस्तो महानतम् लेखकले मदन पुरस्कारको राशी हात थापेर लिँदा उहाँको अपमान हुने त होइन ? वा के यस्तो काम उहाँको हब्बी भित्र पर्ला त ?
उहाँले त नमस्ते गरेर उसको पुकारा गर्नु आफैँमा देवत्यकरण गरिए जस्तो हो भन्नुभएको थियो । पुस्तकमा पनि यस्तो कुरा गर्नुभएको छ । तर, मदन पुरस्कार हातै थापेर ग्रहण गर्नुपर्दा पुरस्कार दिने व्यक्तिका अगाडी झुक्नु पर्ने पो भयो त ।


थाहा छ, मदन पुरस्कार गुठीका अध्यक्ष कमल मणीजीले वीजय जीलाई यो पुरस्कार दिनुहुनेछ । र उहाँले हातमा त्यस पुरस्कार लिनका लागि कमलमणी जीका अघिल्तिर झुक्नुपर्ने छ ।


वीजय जी तपाईँ नै भनिदिनुहोस् न, तपाईँजस्तो एलिट लेखकका लागि के यो निर्णय सम्मानजनक हो की अपमानजनक ?
००

कुनै मामुली व्यक्ति । अर्थात् मदन पुरस्कार गुठीका अध्यक्ष कमल मणी दिक्षित जीको हातद्धारा ग्रहण गरिने नाथे सामान्यतम् पुरस्कार त उपेन्द्र सुब्बाजी वा राजन मुकारुङ जी जस्ता लाटाहरुको कथा लेख्ने लाटा लेखकहरुले पो थाप्ने हो त । 


‘लाटो पहाड’ जस्ता अति सामान्यतम् चिप कुराहरु गन्थनमन्थन् लेख्नेहरुलाई पो सुहाउँछ यस्तो पुरस्कार । कम्तिमा वीजयजी जस्तो व्यक्तित्वका लागि त विशेष खाले महान पुरस्कारको सृजना गरिनुपथ्र्यो । होइन र ? 


कमलमणी जीले यस्तो कुरा बुझ्नुपथ्र्यो नी । के तपाईँलाई थाहा थिएन की, पाण्डे जी जस्तो महानतम् लेखकले राजा महाराजाको हातबाट पुरस्कार ग्रहण गर्नुपथ्र्यो । अरु सामान्य व्यक्तिका अघि पाण्डेजी कहिल्यै झुक्नुहुन्न भन्ने कमलमणी जीलाई ख्याल थिएन सायद् । यस्तो कुरा थाहा पाउन कमलमणी जीले अरु कति वर्ष पर्खनुपर्ने हो कुन्नी !


उहाँ त राजा वीरेन्द्रजी वा रानी ऐश्वर्यजीसँग सिधा आँखा जुधाएर वियर पिउने लेखक तथा पत्रकार । जो सामान्य मान्छेले उहाँको एलिटपनको कसरी सम्मान गर्न सक्लान् ।


कि यसो गरियोस् : कमलमणी  जीलाई मेरो सुझाव के भने, ज्ञानेन्द्र जीलाई त्यस पुरस्कार प्रदान गर्न लगाइयोस् कृपा गरेर । 

सायद् वीरेन्द्रजी वा ऐश्वर्याजी यदी आजका मितिसम्म भइदिएको भए उहाँको संयुक्त हस्तबाट पुरस्कार ग्रहण गर्ने प्रबन्ध मिल्थ्यो होला । उहाँहरुको स्वर्गेवास
भइसकेपछि त्यसबारे सोच्नु नै उचित हुनेछैन । बरु, वीजयजीका निकटतम मित्र ज्ञानेन्द्रजीलाई त्यस पुरस्कार प्रदान गर्न लगाइयोस् ।

००

वीजयजीको यस्तो ढोँगी आनीबानी र व्यवहार छ भन्ने कुराको जानकारी पाउन मलाई एक दशक समय लाग्यो भनेर आम पाठकहरु भन्नुहुन्छ अचेल । मदन पुरस्कार पाएको भनिइएको उहाँको महानतम् कृति स्वयंमा थुप्रै ढोंग र झुट समावेश छन् । यो त तथ्य नै हो ।

हो । त्यस्ता झुट वा ढोंगले चाहीँ कम्तिमा यस्तो सम्मानित भनिइएको पुरस्कार पाउनु एउटा दुर्घटना नै हो भनेर लेखक÷साहित्यकारहरुको मेहफिलमा हल्ला छ ।

उनीहरुले ससाना सस्ता भट्टी पसलहरुमा पाण्डेजीको ढोँगी र झुट कृतिलाई पुरस्कार दिने भनेर पुरस्कारकै गरिमा तल झारे भनी चर्चा गरेका छन् । आत्मा श्लाघाले भरिएको एक ‘एलिट’ सेलिब्रिटीको ढोँगी बिचारले मदन पुरस्कार पाउनु हुँदैनथ्यो भनेर धेरै चिप लेखकले भनेका छन् ।

पाण्डे जी मेरा अति अग्रज तर अप्रीय पत्रकार र लेखक दुवै हुनुहुन्छ । उहाँसँग मेरो लेनदेनको कुरा रहेन । चिनजान पनि राम्रो होइन । तर, मलाई त्यस्तो लाग्दैन । बरु, यो पुरस्कार दिने भनेर पाण्डेजी जस्तो महान् लेखकको गरिमा पो झर्ने भयो की भन्ने लाग्दैछ ।
००

दुई दशकअघि उहाँले ‘कामना’ मासिक पत्रिकाका लागि दिएको अन्तरर्वार्तामा रजनीश ओशोको व्यक्तित्व र बिचारबारे चर्को आलोचना गर्नुभएको छ । ओशोको दाह्री, औँठी र हरसमय साथै रहने यौवनले भरिएका सुन्दर युवतीहरुसम्मको आलोचना उहाँले कडा रुपमै गर्नुभएको रहेछ ।

सोल्टी होटलको प्रसंग निकालेर उहाँले उल्लेख गर्नुभएको कुरा के छ भने, ओशो आफैं भगवान नभएर एक ढोंगी जोगी थिए । र उनको भक्त आफू हुनै नसक्ने जिकीर पाण्डे जीको थियो ।

२८ वर्षको उमेरमा कामनालाई दिएको अन्तरर्वार्तामा पाण्डेजीले चर्को आलोचना गर्नुभएको छ । 

तर, ठिक त्यसको काउन्टर हुने गरी उहाँको मदन पुरस्कार प्राप्त कृतिमा के भनिएको छ भने ओशो महान व्यक्ति थिए । उनी त व्यक्ति नभएर ‘भगवान’ थिए । त्यसो त, ओशोको महिमा बयानकै लागि वा देवत्व गर्नका लागि उहाँले हजारौँ शब्दहरु अन्य अखवारी लेखनमा पनि खर्चिसक्नुभएको छ ।

अर्को अनौठो उहाँको हब्बी कस्तो छ भने नी, तिनै विजयजीद्धारा ढोँगी भनिइएका ओशोका चेला वा दास भनौँ तपोवन बासी आनन्द अरुणको शरणमा पाण्डे जी हरेक हप्ता लम्पसार पर्दैआउनुभएको छ ।

अग्लो जिउडालका पाण्डेजी लमक–लमक लम्केर प्रायः हरेक शनिबार तपोवन पुग्नुहुन्छ । र त्यहाँ उहाँले दर्शन् गर्नुहुन्छ साक्षत् भगवान आनन्द अरुणको । अरुणको चरणमा पाण्डेजी केही मिनेटसम्म लम्पसार परिसकेपछि मात्रै उनको अरु वाक्य फुट्छ ।

यो त भयो पाण्डेजीको यथार्थ दैनिक व्यवहार । अर्थात् उहाँ यसलाई आफ्नो हब्बी भन्न रुचाउनुहोला सायद् । उहाँले भन्नुहोला ‘द्याट्स माइ स्टाइल । आइ नेभेर केयर एवाउट द्याट ।’ भनेर मुसुमुसु मुस्कुराउनुहुन्छ होला ।

तपोवनमा साष्टाङ्ग दण्डवत् गर्ने यस्तो उहाँको गतिविधि देख्ने यही लेखक स्यवं हो । आनन्द अरुणका अघि केही मिनेटसम्म लम्पसार परेर सुतेको देख्न मैले धेरै वर्ष पर्खनुप¥यो ।
००

हो । त्यसै गरी ओशोका चेलाको चरणमा लम्पसार परेर शरण गर्ने उनै पाण्डेजीका अन्य अनौपचारिक ढोँगको पेटारो लामो छ । तर, ढोँग पनि होइन । (त्यो ढोँग त उहाँको पर्सनालिटी हो की सायद् ।)

र उहाँले यस्तो थुप्रै ढोँग र सम्भ्रान्तपन आफ्नो नयां पुस्तक खुसीभित्र पनि समराइज गर्न भ्याउनुभएको छ । धेरै ठाउँमा धेरै पेजहरुमा पाण्डेजीले यस्ता धेरै ढोँगी बिचार खन्याउन भ्याउनुभएको छ ।

यतिसम्म की, उहाँले कतिपय तथ्य नै बंग्याएर पुस्तक भर्नुभएको प्रष्ट छ । जस्तै, नारायण गोपालको निधनपछि उहाँ सायद एक्लै बिहेमा उपस्थित हुनुभएको थियो । 
राजा महाराजाहरुका अति सेक्रेट मिटिङ र डिनर पार्टीका कुराहरु त छोड्ने कुरै भएन ।

पाण्डेजीको अर्को ढोँग  अर्थात् पर्शनालिटी : उहाँले आफू एलीट फेमिलीबाट आएको भनी कडा प्रस्तुती दिइरहँदा काठमाडौं आएर आफ्नी आमाले सिलाई–बुनाइ गरी कमाएको पैशाले पाण्डेजीको स्कुल खर्च भरेको कुरा बिर्सनुभयो । वा पुस्तकमा अटाएन । ( यो प्रसंग त उहाँकै एक पाठकले फेसबुकमै आलोचना गरिसकेको कुरा थियो )


आखिर, पाण्डेजी एलीट हो रे । यो उहाँका कतिपय प्रसंगहरुले देखाइसके । जस्तै, अमेरिकाको पार्टी वा हायात होटलको दारु पार्टी । सामान्य पाठकहलाई उहाँले यसरी झुक्याउनुभएको छ की, आम पाठकहरु पाण्डेजी कती महान व्यक्ति । ‘कस्तो खतरा कन्फेसन गरेको’ भनेर आम पाठकहरु दंग बने । 

ओहो ! झुक्याउनुभएको होइन क्यारे । उहाँले त पाठकलाई ‘हिप्नोटाइज’ गराउनुभएको पो थियो । झण्डै व्रह्मज्ञान प्राप्त गरिसकेको महानतम् लेखकले पनि कहिल्यै झुक्याउने चेष्टा गर्छ र ? बरु म आफैँ पो उहाँको टिप्पणी गर्न झुक्किएछु ।

जब उनीहरुले ‘खुसी’ पढिसके । त्यो के भने, पाण्डेजीले त दारु पिएर ‘ल्याङ’ भएको कुरा पनि पुस्तकमा लेख्नुभयो ।

तर, यो बिचरा सहानुभुतिसँगै आम पाठकले के बुझेनन् भने, पाण्डे जी त खगेन्द्र संग्रौला वा अरु चानचुने सडकछाप लेखक जस्तो चिप भट्टीमा बसेर लोकल दारु ‘ नेट सट’ हान्ने खालको लेखक÷पत्रकार नभएर सम्भ्रान्त हुनुन्थ्यो ।

पाण्डे जी त जन्मदै हुर्कँदै किसुनजीको काखमा हुर्कनुभयो । किसुन जी, तुलशी जी, मनमोहन जीहरु उहाँका निकटतम मित्र थिए । पत्रकारितामा ताते गर्ने बेला नै उहाँ राजाको काखमा पुग्नुभयो । यसो भनेर पाण्डे जीले आफ्नो पुस्तकमा लेखिरहँदा उहाँको लेखन कौशल मात्रै होइन, उहाँको सम्भ्रान्तपन र सत्तामोहको चरम लिप्तता
देखिएकै हो भनी मैले भन्नु पर्दैन पाठक जी हरुले भन्छन् ।

उहाँले मामाको बखान गर्नुभयो । यति गर्नु भयो कि, मामाको बखान गर्दा गर्दै आमाको दुख लेख्न बिर्सनुभयो । 
एउटा पत्रकार कुनै व्यक्ति होस् वा राजा महाराजा नै । कसैसँग दारु पिएर वा सेक्रेट डिनरमा जाँदा उसको इथिक्सको लेभल कति रहन्छ भन्ने कुरा पाण्डेजी जस्तो बरिष्ठ पत्रकार लेखकले बुझेकै हुनुपर्छ सायद् । 
००

उहाँले बारम्बार दोहो¥याउनुभएको छ, उहाँ त अरु जस्तो चानचुने पत्रकार नै होइन । अरु जस्तो सामान्य लेखक नै होइन । अरु पत्रकार त उहाँको कुम–कुम पनि मुस्किलले आउँथे । उहाँको पत्रकारिता विशेष खालको हुन्थ्यो । मालिकसँग सिधै गएर भन्नुहुन्थ्यो रे, ‘ए कैलाश मलाई जागिर देऊ ।’ 

पाठक बृन्द, भन्नुहोस् : यसरी ‘एलिटका लागि एलिटद्धारा लेखिएको एलिट काहानी वा कृति’लाई एउटा सामान्य मदन पुरस्कार किन दिइयो ? यो त आफैँ अपमान भएन त ? 
Read Full Discussion Thread for this article