Posted by: Rahuldai September 15, 2015
United States of Himalaya..............
Login in to Rate this Post:     5       ?         Liked by
United States of Himalaya
----------------------------------
सन् २००८-९ तिरको कुरो हो । हाम्रो डेरा नजिकको कृष्ण मन्दिरका पुजारी ट्रेन स्टेशनमा भेट भयो । उनी आसाम तिरका पण्डित थिए । नेपालीहरु संग राम्ररी भिजेका थिए । मलाई भेट्ने बितिक्कै जय श्रीकृष्ण भने । मैल हात उठाएर अभिवादन फर्काएँ ।

"एक जना नेपाली आएको थियो मन्दिरमा नेपाली कोइ भेटिन्छ कि भनेर । मैले नम्बर छोडेर जानुस अनि नेपाली भेट्यो भने भंदिम्ला भने " उनले एक सासमा हिन्दी मिसको अंग्रेजीमा भने ।
नम्बर देउ न त मा सम्पर्क गर्छु भनेर मागें । कोइ नया आएको नेपाली होला, नयाँ ठाउँमा आफ़न्तपन खोजेको होला भनेर युनिभर्सिटी पुग्ने बित्तिकै पण्डितले दिएको नम्बरमा फोन घुमाइ हालें ।

फोन लागि हाल्यो । मैले आफ्नो परिचय दिएँ - मलाइ फलानो पण्डितले नम्बर दिएको । तपाइँलाई केही सहयोग गर्न सक्छु कि ? मैले नयाँ छिमेकीको आसयले आफ्नो कुरा भनि हालें ।

" हैन भाइ म फलानो …. सिंह तामाङ्ग, हरियाली पार्टीको अध्यक्ष । अमेरिकाको हरियाली पार्टी ( Green party ) को अधिबेशनमा गेस्ट भएर आको , यताको नेपालीहरु संग यसो हाम्रो पार्टीको धारणा बारे छलफल गर्नलाई मैले नेपाली भेट्न खोजेको "

" हैन भाइ तपाइँ संग भेटेरै कुरा गर्नु छ, कहाँ भेट्ने भन्नुस् त्यतै आउछु " उनले प्रस्ताब राखे । हैन म कलेजमा छु , अहिले भेट्न मिल्दैन भन्दा नि २- घण्टा ३ घण्टा पछि पनि आउछु भनेर ढिप्पी कस्यो ।

त्यसो भए ३ घण्टा पछि फलानो ठाउँमा आउनु भनेर भनें । टाइम मै आइपुग्नु भयो महोदय । ढाका टोपी नै ढल्काएर आए पछि नाचिने कुरै भएन । मैले युनिभर्सिटी को लाइब्रेरी को क्याफे तिर लगें । कफी खाँदै गफ गरौँ न भन्दै ।

कांग्रेस एमाले र माओबादी लगायत कुनै पार्टीको नि भबिष्य छैन , अब को देश हाक्ने भनेको हरियाली पार्टी नै हो । कांग्रेस एमाले लगायतका सबै पार्टीलाई गालि गर्दै खर्चे आधा घण्टा ।

"तपाइँ जस्तो अमेरिकामा पढे लेखेको मान्छे चाहिन्छ हामीलाई , लौ हाम्रो पार्टीको सदस्य बन्नु पर्यो " नेता महोदयले प्रस्ताब राखी हाले ।

हैन पहिला तपाइको पार्टीको उद्देश्य , मेनिफेस्टो के हो अलि जानकारी पाम न त । अनि बिचार गरौला । मैले आफ्नो रिजर्भेशन राखें ।

"हाम्रो पार्टीको उद्देश्य हो नेपाल लाई अमेरिका जस्तै बनाउने । सबै भन्दा पहिला देशको नाम फेर्ने । United States of Himalaya राख्ने , नेपाल चाहिं एउटा स्टेट हुन्छ ।"

त्यस पछि मलाई उहाँको कुतर्क सुन्ने हिम्मत भएन र मैले रोकी हालें ।

"म नेपाली हुँ, नेपाल देशको नागरिक , मलाई संयुक्त राज्य हिमालयको नेपाल राज्यको नागरिक बन्नु छैन । सिंगो नेपालको नागरिक मै गर्ब गर्छु । तपाइँ यस्ता हावादारी कुरा अरुलाई पनि न सुनाउनु होला ।" भन्दै बिदा मागें ।

त्यस पछि पनि नेता महोदय अमेरिका बसुन्जेल फोन आएको आएइ । फोन उठाउने गल्ति गरिन ।

अस्तु !!
Read Full Discussion Thread for this article