Posted by: metta September 14, 2015
दलदलमा फुलेकी कमल — मीनासिंह खड्का
Login in to Rate this Post:     0       ?        
आजभन्दा ४२ वर्ष अगाडि मेरो जीवनको पहिलो तलब नै ४६ हजार थियो,” उनी सुनाउँछिन् । उनी मन नलागी–नलागी गइन्, युनिभर्सिटी अफ क्यालिफोर्निया । उनलाई अमेरिकाले पटक्कै आकर्षण गरेन । उनको कक्षामा एकपटक साढे तीन सय विद्यार्थी जम्मा भएपछि सहरमै तहल्का मच्चियो । त्यहाँका सबैजसो पत्रपत्रिकामा उनका अन्तर्वार्ता छापिए । मीनासँग डबल पीएचडी छ, ‘कन्टेम्पप्रोरी वुमन्स मुभमेन्ट इन साउथ एसिया’ र ‘कल्चरल एन्थ्रोपोलोजी’मा । पहिलो उपाधिका लागि उनले दक्षिण एसियाली देशमा पुगेर अध्ययन गरिन् र १९८७ मा गोल्ड मेडल पनि पाइन् । उनी अहिले पनि विश्वका ३४ विश्वविद्यालयसँग आबद्ध छिन् । त्यहाँ अमेरिकाबाट प्रथम महिला हिलारी क्लिन्टनले प्रतिनिधित्व गरेकी थिइन् र मीना हरदम उनीसँगै थिइन् । हार्वर्डमा उनले पीएचडीका शोधार्थीलाई मात्र पढाइन् । अहिलेसम्म ६ हजारको पीएचडी गाइड गरिसकेकी छन् उनले हावर्डमै पढेका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग उनले ह्वाइट हाउसमा दीपावली मनाउन पाइन्, सन् २०१४ मा । कार्यक्रमको संयोजन उनैले गरेकी थिइन् । 
“ओबामालाई नेपालीबारे हामीलाई भन्दा बढी थाहा छ, उनका धेरै साथी हिन्दू छन्,” उनी भन्छिन्,
Read Full Discussion Thread for this article