Posted by: ugeslimbu September 11, 2015
महोत्तरीमा आन्दोलनकारीले प्रहरी असईको कुटी–कुटी हत्या गरे
Login in to Rate this Post:     0       ?        

तराईका प्रदर्शनकारीले शुक्रबार महोत्तरीमा सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मालाई कुटी–कुटी हत्या गरेका छन् ।

सशस्त्र सीमा सुरक्षाबल जलसागर महोत्तरी दरबन्दी भएका विश्वकर्मालाई आन्दोलनकारीले शुक्रबार दिउँसो लखेटीलखेटी घरेलु हतियारले कुटेर हत्या गरेको  सशस्त्र प्रहरीका एसपी वीरेन्द्रबहादुर पाण्डेले पुष्टि गरेका छन् ।

शुक्रबार बिहानमात्र असई विश्वकर्मा हेटौँडाबाट महोत्तरी पुगेका थिए ।  बर्दिबासमा गाडीबाट झरेका विश्वकर्मा साइकलमा लिफ्ट मागेर गन्तव्यतर्फ गएका थिए ।  जलेश्वर पुग्दा प्रहरी पोसाकमा साइकलमा देखेपछि प्रदर्शनकारी विश्वकर्मामाथि खनिएका थिए । प्रदर्शनकारीबाट जोगिन विश्वकर्मा धेरै बेर दौडिए ।

लामो समय दौडिएपछि उनी ज्यान जोगाउन सानो पोखरी देख्नासाथ विश्वकर्मा पोखरीमा हाम फाले तर प्रदर्शनकारीले उनलाई छोडेनन् ।  पोखरीबाट निकालेर भाला, लाठी, खुकुरीले छेडेर सशक्त घाइते बनाए । बचाउन हार गुहार माग्दा समेत उनको आवाज कसैले सुनेन् । प्रदर्शनकारीको एकोहोरो कुटाइखाइरहेका विश्वकर्माको ज्यान जोगाउन एक प्रहरी बल घटनास्थल पुग्यो ।

प्रहरीले प्रदर्शनकारीबाट छुटाएर उनलाई जलेश्वर अस्पतालमा पुर्यायो । तर उनको उपचार त्यहाँ सम्भव भएन । एम्बुलेन्स झिकाएर जनकपुरतर्फ लादै गर्दा पुन एम्बुलेन्समा आक्रमण भयो ।

जलेश्वर अस्पतालमा १६  टाँका लगाएका घाइते विश्वकर्मालाई प्रदर्शनकारीले एम्बुलेन्सबाट झिकेर पुन आक्रमण सुरु गरे । विश्वकर्मा भाग्ने कोशिस गरे । केही समय भागे तर उनको केही सीप चलेन । प्रदर्शनकारीले कुटीकुटी उनको ज्यान लिए ।  प्रहरीले प्रदर्शनकारीले विश्वकर्मालाई घरेलु हतियारले कुटीकुटी हत्या गरेको बताएको छ ।

एम्बुलेन्स रोकिएको ठाउँदेखि पाँच सय मिटर पर विश्वकर्माको शव भेटिएको प्रहरीले बताएको छ ।

Read Full Discussion Thread for this article