Posted by: ne0 September 8, 2015
HARD FACTS :FEDERALISM
Login in to Rate this Post:     0       ?        
_____ I have already outlined the practical reasons behind not supporting federalism. Your points are based on ideal scenario which is not the case in Nepal. If everything was ideal then we would not even need to be considering federalism at this point. Even the concept of democracy was ideal when we 'got' democracy, but sadly due to less than ideal scenario of Nepali politics, democracy has not be able to yield much positive impact in the country. Now, politicians are trying to say 'federalism' will solve the problems just like they did decade ago. After a decade of 'democracy' the general population of Nepal have realized that mostly politicians have been impacted positively, and the rest of the people are poorer and less well off than before. Now, these same politicians are saying 'federalism' will solve the problems, and people really believe that it will solve anything, instead of creating more problems? The following post by Shiva Prakash is noteworthy in questioning Federalism.

संघीयता किन ?



कुनै कुरा शुरु गर्नु अगाडि किन शुरु गर्ने भन्ने प्रश्न आउँछ । ‘किन’ले सही उत्तर पाएपछि मात्र ‘कसरी’ले उपाय खोज्न थाल्छ । ‘किन’ले उत्तर पाएन भने ‘कसरी’ स्वतः प्राणहिन हुन्छ । 

जर्मन दार्शनिक फ्रेडरिक विल्हेम नित्से (१८४४–१९००) ले त्यसै भनेका हैनन्– ‘किन भन्ने जानियो भने, कसरी भनेर बाँच्न पनि जानिन्छ ।’ 

‘किन र कसरी’लाई यदि कुनै रोगसँग तुलना गरेर हेर्ने हो भने रोग दबाएर हुँदैन, उपचार गरेर निको पार्नु पर्छ । तब मात्र मान्छे स्वस्थ हुन्छ । त्यस्तै अर्कालाई बुझाउन नसक्नु भनेको आफूले नबुझ्नु पनि हो । आफूसँग कति ज्ञान छ भन्ने ज्ञानको अज्ञानता पनि हो । तर बुझ्नु र बुझाउनुभित्र कुटिलताले गुँड लगाएको छ भने बुझेकोले नबुझे जस्तो गर्छ । अरुलाई बुझाउँदा गलत तरिकाले बुझाउँछ । अहिले संविधानको हलो संघीयताले अडाएको छ । किन ?

देशले संविधान किन पाएन भनेर सोध्दा उत्तर व्यक्तिपिच्छे फरक छ । यसको अर्थ देशको राजनीतिले असल शिक्षक पाएको छैन । जसलाई राजनीतिकै भाषामा नेता भनिन्छ । के साँच्चै देश नेताबिहिन छ त ? किन ?

यदि नेता हुन्थे र थाह हुन्थ्यो भने सबैबाट उस्तै उत्तर आउँथ्यो तर, यो प्रश्न दिन–प्रतिदिन पेचिलो बन्दै गएको छ । किन ?

कारण समान्य छ– संघीयता ‘किन’ भन्ने सबैभन्दा पहिलो प्रश्नको उत्तर नै खोजिएन । संघीयताका बारेमा बहस–छलफल, क्रिया–अन्तरक्रिया केही भएन । आवश्यकता, औचित्य र सम्भाव्यता तथा विकल्पहरुको खोजी गरिएन । विज्ञहरुको राय, सल्लाह, सुझाव लिइएन । किन ? किन ‘किन’ भन्ने प्रश्नलाई दबाइयो । 

अहिले त्यही ‘किन’ भित्रभित्रै पाकेर बल्झिदैछ । ‘किन’ले उत्तर नपाएपछि ‘कसरी’ले उपाय निकाल्न सकेन । संविधान बनेन । 

उपचार शुरु नै नगरी कोमामा कोचिएको ‘किन ?’ ले अहिले अर्को प्रश्न उमारेको छ– संघीयताका सैद्धान्तिक आधार के ? किन खोजिएन ? नयाँ नेपालकालागि नयाँ संविधान बनाउन छानिएका ६०१ मध्ये कतिले बुझेका छन– संघीयता ? र, कतिले बुझाएका छन् जनतालाई ? हामी कस्तो संघीयता चाहन्छौ ? कति र कस्ताकस्ता छन् संघीयताका मोडल ? हाम्रो देशको आकार, आयतन, आय र जातीय विविधता, सामाजिक सद्भाव, सँस्कृति र परम्पराका लागि कस्तो संघीयता आवश्यक छ ? वा छ कि छैन ? किन मौन छन् यी प्रश्न ? 

भारत र पाकिस्तानको संघीयता फरक छ । अमेरिका र अष्ट्रेलियामा फरक फरक संघीयता छन् । यीभन्दा स्विट्जरल्याण्ड र बेल्जियमको फरक छ । १५ प्रान्तमा टुक्रिएको युरोपको एक सानो देश बेल्जियम अहिले किन संघीयताबाट फर्किन खोज्दैछ ? किन ? 

विश्वका २५७ देशमध्ये किन २७ मा मात्र संघीयता छ ? किन ? 

यी मध्ये सफल, असफल कति छन् ? सफलताका कारण के हुन् ? असफतलाका के हुन् ? यी २७ सँग हाम्रा समानता र असमानताहरु के के छन् ? हामी सफल हुन सक्ने र नसक्ने आधार र तथ्यहरु के के हुन सक्छन् ? खोजिएन, किन ? भोलि संघीयतालाई धान्ने आर्थिक स्रोत के हो ? कति राज्य बनाए अनुमानित प्रशानिक खर्च कति हुन्छ ? त्यस्तो संघीयता धान्न सकिन्छ कि सकिंदैन ? जवाफ छैन, किन ? 

राजनीतिक समस्या ढिलोचाँडो समाधान हुन सक्छन् तर, जातीय र धार्मिक अन्धतालाई राजनीति बनाइयो भने समाधान नपाउन सकिन्छ । कथित जातीय र वर्गीय मुक्ति तथा धार्मिक नारा दिएर नेपालीलाई जातजाति, धर्म र क्षेत्रमा विभाजन गरेर नेपाल कतै गृहयुद्धमा त धकेलिदैन ? सोचिएको छैन, किन ? 

संघीयताको असफतलासँग जोडिएका जातीय, क्षेत्रीय र धार्मिक कलहले कङ्गो, बुरुण्डी, सोमालिया, इथियोपिया, नाइजेरिया, रुवाण्डा, सुडान, अफगानिस्तान, इराक, सिरियालाई कहाँ पुर्‍याएको छ ? हामीमा त्यो दर्दनाक नियतीको प्रवेश हुन सक्ने, नसक्ने कारणहरु के के हुन सक्छन् ? त्यहाँ कसरी भयो ? छैन खोजिनीति, किन ? ती देशमा जातीय, क्षेत्रीय र धार्मिक युद्धका कारण करोडौं मानिसको हत्या भै सकेको छ । जाति र धर्मका नाउँमा जिउँदै जलाउनेदेखि खसीबोका काटे जसरी मान्छेका घाँटी छिमल्ने र रेट्ने काम भएका छन् । 

संघीयताका नाउँमा जातीय र धार्मिक कारणले भएको मानव विनासका दुःखद कथालाई खै कतिले अध्ययन गरेका छन् ? आफूलाई हैन, देश र जनतालाई केन्द्रमा राखेर हर्ने हो भने संघीयताको आवश्यकता र ढाँचा के हो ? खै यी सबैको बारेमा लेखाजोखा ? खै बहस, चर्चा, छलफल ? खै जनतालाई जानकारी ? ६०१ सभासद्हरुले कति बुझेका छन् यी कुरा ? हौवा र भावनामा बगेर भविष्य निर्धारण गर्नु भनेको आत्मघातलाई आत्मसात गर्नु हो कि हैन ? जातीय भेदभाव समाप्त हुनु पर्छ भन्ने फेरि जातीय राज्य भन्ने ? खै यसमा छलफल ? मान्छेको पहिचान जात हो कि मानवता ? 

२१ औं शताब्दीमा राज्यलाई जात, धर्म र क्षेत्रका आधारमा भागवण्डा गर्दा मान्छेको पहिचान बाँकी रहला कि नरहला ? एउटा जातिका नाउँमा एउटा राज्यको नामाकारण गरियो भने बाँकी जातिको पहिचान के हुन्छ ? मानौ काठमाण्डौं खाल्डोलाई नेवा राज्य बनाइयो, भोलि त्यहीं अर्को जातिले अर्को राज्य माग्दै मान्छे गिंड्न थाल्यो भने के गर्ने ? नेपालमा अहिले १४० भाषा बोल्ने १२४ जातजाति छन् । उदाहरणका लागि अरु जातिलाई राज्य दिंदा राउटे, मुसहर, बाँतर, धिमालले किन नपाउने ? यसको सौद्धान्तिक आधार के ? कुनै पनि राज्य जात, धर्म, क्षेत्र र सँस्कृतिको पक्षपाती हुनु हुन्छ कि हुदैन ? विभेद त्यहींबाट शुरु हुन्छ कि हुदैन ? खै ज्ञानचक्षुको प्रयोग ? 

जनताले बुझ्ने गरी संघीयताका विषयवस्तु र परिभाषा किन कसैले दिएनन् ? किन ? नदिनुको कारण नबुझेको, नजानेको हो कि अरु केही हो ? कि आफूले नबुझे पछि अरुलाई बुझाउन नसकेको हो ? कि बुझीबुझी कुटिलतापूर्वक गलत तरिकाले बुझाइएको हो ? संघीयतालाई किन व्यक्तिपिच्छे आफ्नै अनुकुल उरालिएको छ ? जातीयताको ‘फण्डा’ लाई एमाओवादी समेतले अजेण्डा किन बनाएको छ ? राजेन्द्र महतोहरु, जो दोस्रो संविधानसभाको निर्वाचनमा आफूले बेहोरेको हारलाई भारतको हार भन्छन् तीसँग एमाओवादीको गर्धन जोडिनुले के संकेत गर्छ ? कमरेड पुष्पकमल दाहालका बारेमा त थाह छैन तर डाक्टर कमरेड बाबुराम भट्टराईलाई त्यसो गर्न कुन विवेकले दियो ? 

‘विदेशी शक्तिहरुको फोन आइरहन्छ, हामीप्रति उनीहरु आश्वस्त छन्’ भन्ने जस्ता अभिव्यक्ति दिदै किन हिंडेका छन् दाहाल ? यसको अर्थ के ? लाठी देखाएर जातीय राज्य घोषणा गराउने बलमिच्याइँ एमाओवादीको सैद्धान्तिक विचलन मात्र हैन वैचारिक स्खलन हो कि होइन ? 

हुन त माओवादभित्र जातिवाद घुसाउनु भनेको हात्तीका कोखमा गधाको गर्भ भने जस्तै हो । संघीयता भनेको बहकाउ हैन, आवेग हैन । संघीयतालाई कुनै पनि दलले दलीय राजनीतिको तुरुप सम्झिनु महामूर्खता हुने छ । संघीयता ‘किन’ भन्ने प्रश्नको सही उत्तर खोजे मात्र ‘कसरी’को आधार पनि भेट्न सकिने सम्भावना हुन्छ । समय अझै छ । 

अस्तित्ववादी लेखक अल्वर्ट कामु (१९१३ अल्जेरिया–१९६० फ्रान्स)ले भनेका छन्– मान्छेले मर्नभन्दा बाँच्नकै लागि बढी साहस गर्नु पर्छ । तर एमाओवादी बाँच्न डराइरहेछ । कारण– संघीयता ‘किन’ भन्ने प्रश्नको उत्तर नखोजी उसले संघीयता र संघीयताभित्र पनि जातीयतालाई तुरुपका रुपमा प्रयोग गरेर ‘कसरी’लाई उसले यी ‘यसरी’ भनेर लाठीमुङ्ग्री देखाउन थालेको छ । ती लाठीमुङ्ग्री भोलि उसैमाथि बज्रिनेछन् । 

यहाँ संघीयताको बिरोध हैन, एक सार्वभौम नागरिकाका हैसियतले आवश्यकता र औचित्यको खोजी हो । ‘किन’ भन्ने प्रश्नलाई अझै दबाइयो भने भोलि यो घाउ झन् पिलिएर ‘ब्रष्ट’ हुन सक्छ । त्यतिबेला पीपको महानदीमा को को बग्छ थाह छैन । 

- See more at: http://www.himalkhabar.com/?p=95565#sthash.6TK4Vzut.OMaCKYfr.dpuf
Read Full Discussion Thread for this article