Posted by: ugeslimbu September 7, 2015
दुई नेता वरीपरी राखेर धुरुधुरु किन रोए गच्छदार ?
Login in to Rate this Post:     0       ?        
संघीय लोकतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेको फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार देशको चिन्ता लागेको भन्दै रोएको समाचार प्राप्त भएको छ । उनी आइतबार मोर्चाका शीर्ष नेताहरूको बैठकमा रोएको समाचार प्राप्त भएको छ । 
नेपाली कांग्रेस, नेकपा (एमाले) र एमाओवादीसँगै मिलेर संविधान निर्माण प्रक्रियामा सहभागी गच्छदार केही दिन अघि मात्र उनी बाहिरिएका हुन् । त्यस पछि संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका गच्छदारसहित राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव मोर्चाको भावी रणनीति तय गर्न आइतबार अनौपचारिक बैठक बसेका थिए । त्यस बैठकमा गच्छदार मुलुक बचाउन नसकेको भन्दै धुरुधुरु रोएको स्रोतले बताएको छ । उनी त्यस भेलामा तीन दलका शीर्ष नेताहरूले आफ्नो कुरा नबुझेको र देश संकटतर्फ गएको भन्दै उनी रोएका थिए । 
 
Read Full Discussion Thread for this article