Posted by: cybernepali September 2, 2015
नेताहरु द्वारा नेताहरुको लागि थप सुबिधा स्वीकृत
Login in to Rate this Post:     0       ?        

विशिष्ट व्यक्तिहरु (राष्ट्रपतिलगायत) ले सरकारी कामको सिलसिलामा स्वदेश र विदेश भ्रमण गर्दा उपलब्ध गराइने दैनिक भत्ता तथा भ्रमण खर्चलाई पनि संशोधन गरिएको छ ।

जसअनुसार, स्वदेशको हकमा अति विशिष्ट व्यक्तिले प्रतिदिन रु ३ हजार, विशिष्टले २५ सय, प्रथम तहले २ हजार, द्वितीय, तृतीय र चौथो तहले क्रमशः १६, १२ सय र एक हजार रुपैयाँ पाउनेछन् । विदेश जाँदा भने हैसियतअनुसार २ सय ५० देखि १०० डलरसम्म प्रतिदिन भत्ता उपलब्ध हुनेछ ।

युरोपियन मुलुकहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनन, बहराइनको भ्रमणमा जाँदा भने ३३ प्रतिशत थप रकम दिइनेछ ।

http://janaaasthanews.com.np/news12356

Read Full Discussion Thread for this article