Posted by: metta September 1, 2015
न्यायपालिका?
Login in to Rate this Post:     0       ?        

गुप्तालाई १७ वर्ष कैदको माग गर्दै पुनरावेदन दर्ता


काठमाडौं–पूनरावेदन सरकारी वकिलको कार्यालयले व्यापारी अपहरण तथा शरीर बन्धक संलग्न रहेको आरोप लगोका श्यामसुन्दर गुप्तालाई १७ वर्षसम्म कैद सजाय हुनुपर्ने जिकिर गर्दै पूनरावेदन दर्ता गराएको छ। 
पूर्व मन्त्रीसमेत रहेका गुप्तालाई जिल्ला अदालतले आफ्नै नजिर कुल्चँदै कम सजायको फैसला गरेको भन्दै सरकारी वकिलको कार्यालयले पुनरावेदन अदालत पाटनमा जिल्लाको फैसला खारेजीको माग गर्दै मुद्दा दर्ता गराएको हो।

सरकारी वकिलको कार्यालय व्यापारी पवन संघाई अपहरण गरेको मुद्दामा पूर्वमन्त्री गुप्ता लगायतलाई कम सजाय दिने फैसला गरेपछि असन्तुष्टी जनाउँदै जिल्लाको फैसला बदर गरी सजाय गर्न माग गरिएको छ । अपहरण मुद्दामा ७ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था भए पनि जिल्ला अदालतले उपहरण उद्योग देखिएको भन्दै गुप्ताविरुद्ध कम सजाय हुने फैसला सुनाएको थियो।

सरकारी वकिलको कार्यालयले अपहरण कसुरअन्तर्गत ७ देखि १५ वर्ष कैद र डाका मुद्दामा थप दुई वर्ष कैद हुनुपर्ने माग दाबी गरेको थियो। तर, न्यायाधीश कुलप्रसाद शर्माले ती सबै माग अस्वीकार गर्दै अपहरण उद्योग मात्र देखिएको प्राविधिक पक्षमा टेकेर तीन वर्È छ महिना जेल सजाय सुनाएका थिए । जिल्लाको फैसलालाई आधार मानेर गुप्ता जेल सजाय पुरा गरी रिहा भइसकेका छन् ।

गुप्ताका सहयोगी आकाश लामा र जितबहादुर गोलेलाई पनि बराबर नै सजाय तोकिएको थियो । उनका अरू सहयोगी अमिर आचार्य, किशोर पाण्डे र आरजु सुब्बा भनिने विष्णु लक्ष्मणलाई आरोपबाट सफाइ हुने जिल्लाको फैसलामा उल्लेख थियो।http://nagariknews.com/politics/law-custody/story/44548.html

Read Full Discussion Thread for this article