Posted by: magorkhe1 August 27, 2015
बक्सिस्
Login in to Rate this Post:     2       ?         Liked by
न्यू योर्क सहर् घुम्न गर्न गएको बेला को कुरा हो | त्यो दिन हाम्रो Statue of Liberty जाने कार्यक्रम थियो | होटेलमा बिहान को ८ बजे तिर ब्रेक्फास्ट खान क्याफे तिर जादै थियौ | 
मोबाइ बजेको झै भान भयो अनी गोजी बाट निकलेर हेरे | गोजिमा अघिल्लो दिनका बिलहरु सँग खुज्रा पैसा पनि रहेछ : मोबाइल निकल्दा एउटा quarter खस्यो | एसो हेरे , उठाउ श्रीमतीको टोकस आउँला भनी न् उठाई अगाडि बडे | १०-१२ पाइला हिडि सके पछी पछाडि बाट आवाज आउछ : excuse me sir , एसो फर्केर हेरे होटेलको स्टाफ , दाइने हातमा मैले झारेको quarter बोकेर " You drop it sir " भन्दै मेरो अगाडि हात बढाउछ | एती सम्ममा श्रीमती र बच्चा हरु पनि पछाडि फर्केर हेरी सकेका थिए | म अक्क न् बक्क भए , मैले झारेको quarter लिनै पर्‍यो , अनी त्यो मोरो तेही ठिङ  उभीई रह्यो | श्रीमतीले कुइना मारेर नेपालीमा बक्सिस लिन बसेको बक्सिस दिनुस भनिन । तेही quarter दिनु भएन, वालेटमा सबै भन्दा सानो छुट्टा ५ dollar रहेछ तेही दिए पछी थ्यांक यू भन्दै त्यो आफ्नो गन्तब्य तिर लाग्यो |
आफ्नै एक quarter को लागि  ५ डलर् मा हुस्सु  सौदा गरियो  ?  
Last edited: 01-Sep-15 02:40 PM
Read Full Discussion Thread for this article