Posted by: magorkhe1 August 24, 2015
भ्रस्टाचार श्रीस्टाचार बनेको अवस्था ?
Login in to Rate this Post:     0       ?        
धेरै पल्ट पिताजी सँग मालपोत कार्यालय गैइयो, काम चाडो होस् भनी लेखन्दास को मान्छेलाई पहिलै पैसा बुझाईन्थ्यो यो त नाम्सारी को बेला, म आँफै माल्पोत तिर्न जादा पनि जोडघटाऊ गरी १५-२० मात्र बढी हुने गरी दिएन भने खुज्रा छैन भनी राख्थे , तेसो नगर अर्को पल्ट्को लागि Black list मा परिने डर |
आज भोली मनिष हरु हजारका कुरा गर्न छोडि लाख करोड मात्र सुनिने हुँदा यो लेन देन पनि अबस्यै माथि पुगेको हुनु पर्छ | पिताजिको मधेशको लाल्साले औलो लिएर घर पहाड फर्केको दाजु भाई देखी मावलीखाल समेतले जग्गा मिलाइदिने भन्दा ८-१० बर्स कम्तिया बन्नु परेको कथा सुनेको छु | मेरा जस्ता कथा हुने हरु लाखौं मा हुनु हुन्छ तर जो अर्को पक्षमा हुनु हुन्छ जस्का बा आमा जागिरे तलब त ब्यान्क मा राखिने तर दैनिकी टेबुल मुनी र माथि बाट ल्याउने हरुको घरको बातावरण् कस्तो होला भन्ने अनुमान गर्छु ? डोटेलि दाई बढो रसिक हुनु हुन्थ्यो: मासु खाने त सानीवारकै दिन मात्र हो र अनी एक दिन ब्यङ् कस्नु भयो मासुमा चोक्टा खोज्न लगौटी लगाएर दुबुल्कि नै मार्नु पर्ला जस्तो छ नि , मोरा हो अन्न्मा भन्दा सन्न्मा बल गर | दसैंको बेला हो जती सक्दोखाने ; बालाई पालो दिन सक्ने भए पछि काट कुट गर्न थाले पछी काँचो मासुको बास वा रागले अघाइ सकिन्थ्यो |
जस्का घरमा सानीवार कुर्नु परेन मासु खान नयाँ लुगा लनाउन दसैं , स्कुल् जादा भने जती पैसा लान पाउदा के तिमीहरुलाई थाहा भयो कि भएन किन तिमी अरु भन्दा फरक छौ - अर्को खरदार्को छोरा भन्दा राम्रो र मिठो खाएका छौ ? ४-५ कक्षा बाट माथि उक्लिए पछी त अली अली बुझ्न् थाल्यौ होला ? अभाब को अनुभुती राहुलभाइले कोर्नु भएको सस्मरण (झोल को कथा ) पढ्नु भएको भए ए एस्तो पनि अवस्था बाट मनिष हिड्दा रहेछन भन्ने कुरा मन को कुनै कुनमा उठ्यो कि उठेन ?सान सँग बसिएको छ , टोलमा आफ्नै रबाफ छ , प्राभेट स्कुल र कालेज  जान पाएर अहिले डक्टर इन्जिनियर हुन पाईएको छ ले छोपेको छ ? 
त्यो भन्दा पनि ठुलो प्रश्न आज देश वा बिदेस गएर ठुलो ठुलो सिक्षा प्राप्ती पछी नयाँ बिचार उब्जिए पछी कही कतै आफ्ना बाले गरेको कर्तुत प्रती ग्लानी अनुभब भएको छ कि छैन ?  कि जे गरे ठिकै गरे साराले गरिरेहेका छन मेरा बाले पनि गरे , यो भ्रस्टाचार लाई श्रीस्टाचार मान्नु हुन्छ ? ,  नेपाली जीबनको र  समाजको एक अङ हो सरल र सहज् रुपमा लिनु हुन्छ?  , पिताजिको भन्दा ठुलो टक्सार खोल्ने बिचार  छ ?? Just Curious ! 


 

Last edited: 25-Aug-15 09:58 AM
Read Full Discussion Thread for this article