Posted by: neurologist August 21, 2015
एउटा नेपालीले आफ्नै खुट्टाले १४४ पटक निधारमा हानेर विश्व रेकर्ड
Login in to Rate this Post:     0       ?        

आफ्नै खुट्टाले १४४ पटक निधारमा हानेर विश्व रेकर्ड

  • Published: August 21, 2015
  •  
  • शुक्रबार, 4 भदौ, 2072
  •  
  • 10:42 AM (GMT)

  • काठमाडौँ,  भदौ ४ । सिन्धुपाल्चोक, माङ्खा गाविस–४ का पुस्कर नेपालले आफ्नै खुट्टाले १४४ पटक निधारमा हान्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।
         
    टिथ्री थकाली ग्रुपले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विवेक तुलाचनले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका नेपाललाई प्रमाणपत्र हस्तान्तरण गरे ।
         
    नेपालले अमेरिकाको नागरिकको नाममा रहेको रेकर्डलाई ब्रेक गर्दै आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका हुन् । अमेरिकाको नागरिक जोन लेन्डिकरले सन् २०१३ मा १२७ पटक खुट्टाले निधारमा हन्दै गिनिज वल्र्ड रेकर्डमा नाम लेखाएका थिए ।
     
    उन्नाइस वर्षीय नेपालले गिनिज वल्र्ड रेकर्डमा रहेको अर्को विधा ‘नाकले बेलुन फुक्ने’मा आफूले तयारी गरिरहेको बताए । “धैर्यता र अभ्यास भएमा गिनिज बुकमा नाम लेखाउन सकिन्छ” उनी भन्छन् । 
     
    पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक कार्यक्रममा नेपाल कराते फेडेरेसनका अन्तर्राष्ट्रिय रेफ्री रामचन्द्र गुरुङ, महानगरीय प्रहरी विट सिंहदरबारका कार्यालय प्रमुख (डिएसपी) सन्तोष खड्का र अधिवक्ता नन्दप्रसाद अधिकारीको अभिमतमा उक्त रेकर्ड गत माघ महिनामा आधिकारिक निकायमा प्रक्रिया सुरु गरिएको थियो ।

    हेर्नुहोस् भिडियो : 

    http://www.nepalipatra.com/news/detail/16413/8
    Read Full Discussion Thread for this article