Posted by: rownyc August 20, 2015
सेरबहादुर देउबा vs BABURAM
Login in to Rate this Post:     0       ?        

शिर्ष नेताहरुको बैठकमा बाबुराम र सेरबहादुर देउबाको झन्डै हतहालाहाल

राजनीति  0 comment

काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाओवादी वरिष्ठ नेता एवं संवाद समिति सभापति बाबुराम भट्टराईबीच शीर्ष नेताको बैठकमा झण्डै हानाहान भएको खुलासा भएको छ । सिमांकनसहित थ्रेसहोल्ड, नागरिकता र धर्मनिरपेक्षताबारे छलफल गर्न आइतबार सिंहदरबारमा बसेको शीर्ष बैठकमा देउवा र भट्टराईबीच चर्काचर्की भएको हो ।

बैठकमा भट्टराईले कैलाली र कञ्चनपुरलाई थारुवानमा राख्नुपर्ने बताएपछि देउवा एक्कासि झोक्किएको एक नेताले बताए ।सिमांकनमा सबैभन्दा मर्का थारुलाई परेकाले कैलाली कञ्चनपुरलाई तराईकै जिल्लासँग राख्नुपर्ने भनाइ भट्टराईको थियो । भट्टराई बोल्दै गर्दा बसेको स्थानबाट उठेर पाखुरा सुर्कंदै देउवा भट्टराई नजिक पुगे । ‘१५ प्रतिशतको संख्यामा रहेका थारुलाई कैलाली र कञ्चनपुर त के रौं पनि दिन्न’, देउवाले भनेका थिए ।

जवाफमा भट्टराईले आफूलाई राजा महाराजा ठान्ने प्रवृत्तिबाट मुक्त हुन देउवालाई आग्रह गरेका थिए । ‘कैलाली र कञ्चनपुर थारुलाई दिन्न भन्ने तपाईं को हो ?’, बाबुरामले देउवालाई प्रशन गरे, ‘आफूलाई राजामहाराजा नठान्नुहोला । बाबुरामको जवाफपछि केही हच्किएका देउवालाई शीर्ष नेताले आफ्नो ठाउँमा गएर बस्न आग्रह गरेपछि परिस्थिति केही सामान्य बनेको थियो ।

देउवा कैलाली र कञ्चनपुर तथा भेरी र कर्णालीका जिल्लासहित अखण्ड सुदूरपश्चिमको पक्षमा छन् । भट्टराईको पार्टी एमाओवादीले भने कैलाली र कञ्चनपुरलाई थरुहटबाट अलग गर्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ जनाएको छ ।


Read Full Discussion Thread for this article