Posted by: Rahuldai August 17, 2015
Login in to Rate this Post:
10
?
Liked by
जब सम्म पिउंदै हुन्छु ,
तब सम्म जिउंदै हुन्छु
जब सम्म जिउदै हुन्छु
तब सम्म पिउदै हुन्छु।
मलाई नपिउ भन्नेलाई
मलाई नजिउ भन्नेलाई
एउटा प्रश्न गरें,
तिमीलाई यो जिन्दगी
जिउनुको अर्थ थाह छ?
उसले "अहँ थाह छैन " भने
जसलाई जिउनुको अर्थ थाह छैन,
उसलाई पिउनुको अर्थ के थाहा?
आंतिएर पिएको हैन
मात्तिएर जिएको छैन
स्वाभिमानलाई बन्धकी राखेर
अपमानको जिन्दगी जिएको छैन
पीडा भुल्नको पिएको हैन,
आफै जल्न पिएको छैन,
एउटा मिठो आभास जिउनुको
एउटा अनन्त आकाश जिउनुको
यही त छ सुबास पिउनुको
यहीं त हो प्रभास जिउनुको
कसैलाई सरापेर
बेसुरा राग अलापेर
जिउनु भन्दा
आफै भित्र रमेर
भित्र भित्रै गुनेर
जिन्दगी जिउनु छ,
यसमानेमा पिउनु छ |
तब सम्म जिउंदै हुन्छु
जब सम्म जिउदै हुन्छु
तब सम्म पिउदै हुन्छु।
मलाई नपिउ भन्नेलाई
मलाई नजिउ भन्नेलाई
एउटा प्रश्न गरें,
तिमीलाई यो जिन्दगी
जिउनुको अर्थ थाह छ?
उसले "अहँ थाह छैन " भने
जसलाई जिउनुको अर्थ थाह छैन,
उसलाई पिउनुको अर्थ के थाहा?
आंतिएर पिएको हैन
मात्तिएर जिएको छैन
स्वाभिमानलाई बन्धकी राखेर
अपमानको जिन्दगी जिएको छैन
पीडा भुल्नको पिएको हैन,
आफै जल्न पिएको छैन,
एउटा मिठो आभास जिउनुको
एउटा अनन्त आकाश जिउनुको
यही त छ सुबास पिउनुको
यहीं त हो प्रभास जिउनुको
कसैलाई सरापेर
बेसुरा राग अलापेर
जिउनु भन्दा
आफै भित्र रमेर
भित्र भित्रै गुनेर
जिन्दगी जिउनु छ,
यसमानेमा पिउनु छ |