Posted by: metta August 16, 2015
Ram Prasad lose your belly fat before.....
Login in to Rate this Post:     0       ?        

रामप्रसाद खनाललाई मोडेल एलीसाको पत्र

 एलीसा

गायिका ज्योती मगरलाई ‘ब्लु फिल्म’ अर्थात् निलो चलचित्र खेल्न सुझाव दिएकोमा सर्वप्रथम रामप्रसाद ज्यूलाई धन्यबाद । हुन त यो मेरो विषयको कुरा होइन तै पनि तपाईको अभिव्यक्ति  पढ्दा मन थाम्न सकिन अनि केही भन्न मन लाग्यो । सायद तपाईलाई थाहा नै छ यो संसारमा रहेका जुनसुकै प्राणीले पनि आफुलाई जिवित राख्नको लागि समयलाई चिनेर समय अनुसार आफुलाई पनि परिवर्तन गर्दै जानुपर्छ । नत्र आफ्नो अस्तित्व गुमाएर यो संसारबाट नै लोप हुनुपर्छ ।

 

 

अहिलेको समय अनि दर्शक श्रोताको माग त्यहि छ अनि त्यहि चाहन्छन् र उनको परिवारलाई केही आपत्ति छैन भने तपाईलाई यसमा के को आपत्ती ? यदि तपाईलाई मनपर्दैन परिवारसँग साथ बसेर हेर्न सक्दैन जस्तो लाग्छ भने तपाई नहेर्नुस नत ? अनि ज्योती पहिलेबाट नै यसरी छाडा भएर लोकदोहोरी क्षेत्रमा जन्मेकी पक्कै होइन होला यो त हाम्रै समाजले बनाएको त हो नि होइन र ?

 

 

मलाई राम्रोसँग थाहा छ हजुर पनि कुनै समय लोकदोहोरी क्षेत्रकै वरिष्ठ गायक हो अनि नेपाल टेलिभिजनको कर्मचारी पनि । अहिले अमेरिकामा हुनुहुन्छ । तपाईले समय अनुसार लोकदोहोरी क्षेत्रमा आफुलाई परिवर्तन गर्न नसक्नु भएको हो ? यदि होइन भने किन अमेरिकामा गएर कुनै गीत ल्याउन सक्नु भएन ? के तपाई अरुको प्रगतिप्रति डाह लागेकै हो त ? यदि सक्नुहुन्छ भने तपाई आफु पनि प्रगति गरेर देखाउनुस नत्र अरुको प्रगतिमा गिद्धे दृष्टि नलगाउनुस् ।

 

 

रामप्रसाद खनालज्यु तपाइ जस्तो व्यक्तिको पनि यति तल्लो स्तरको सोच देखेर मात्र केही भन्न मन लागेको हो अन्यथा नसोच्नु होला । तपाईको समयमा तपाइका दर्शकश्रोता त्यस्तै प्रकृतिका थिए अहिले ज्योतीका दर्शक श्रोता त्यस्तै छन् हामीले कुनै टिप्णी गर्नुपर्ने कारण छैन । अहिले विभिन्न संचार माध्यम र सामाजिक संजालहरुमा जताततै ज्योति मगरको विषयलाई लिएर राम्रा नराम्रा चर्चा परिचर्चा भइरहेका छन् । लोकदोहोरी गायिका ज्योति मगरलाई जुन किसिमको प्रसंग उठेको छ देखाउदै हिडयो भनेर तर जहाँसम्म मलाई लाग्छ भएर पो देखायो त नभएको भए किन देखाउनु पथ्र्यो र ? यो दुनियाँ अहिले २१ औं शताब्दीमा छ । देमा गणतन्त्र आइ सकेको छ स्वतन्त्र रुपमा आफ्नो अधिकार प्रयोग किन नपाउने ?ज्योति मगर नाङगै त हिडेको छैन नि । छोटो कपडा लगाउनु ज्योतिको दोस् हो त ? नेपाली चलचित्रका नायिकाहरु पनि त छोटो पहिरण लगाउछन् । यदि यस्तै कुरा गर्ने हो भने सबै भन्दा पहिले बाटोमा नाङगै हिडने जोगीहरुलाई रोकेर देखाउ नत्र भने अरुलाई जे पायो त्यहि नभनौं ।

 

 

आज अमेरिकामा बस्दैमा नेपाली छोरीलाई निलो फिल्म खेल्न अडर दिने अधिकार छैन तपाइलाई । खुब गीत संगीतको पारखी रे… लाज लाग्दैन ??  मुख छापेर हिंड्नुस् । दम छ र लोकगीतको पारखी नै भए नेपाल आएर गीत संगीततिर लाग्नु र अनि अडर गर्नुस् । तीज नेपाली महिलाको पवित्र पर्व भन्ने सबैलाई थाहा छ । तपाइले सिकाइ रहनु र सम्झाउनु पर्दैन । पहिले पहिलोका महिलाहरुले तीजमा दश हजारको साडी लगाउथे अहिले २०, ३० हजारको साडीले पुग्दैन । गीत संगीतमा नि अलि जमाना अनुसार अलि फरक मात्र हो । रामप्रसाद ज्यु अमेरिका जस्तो स्वतन्त्र मुलुकमा बसेर घृणित सोच नबनाउनुस् ।

 

एलीसा सिंह

हाल दक्षिण कोरिया

Read Full Discussion Thread for this article