Posted by: rownyc August 16, 2015
KOMAL OLI VISA REJECTED BY US EMBASSY KATHMANDU
Login in to Rate this Post:     0       ?        

अमेरिकामा कार्यक्रम गर्न भन्दै काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा आवेदन दिएकी नेपालकी चर्चित गायिका कोमल वलीको भिसा आवेदन अस्वीकृत भएको छ । विगतमा पनि धेरैपटक अमेरिकाको भिसाका लागि प्रयास गरेकी वलीको भिसा आवेदन यसपटक पनि अस्वीकृत भएको हो । 

कोमल वलीको कार्यक्रम गर्ने भन्दै अमेरिकामा रहेका प्रवद्र्धकले विभिन्न राज्यमा कार्यक्रम बेच्न सुरु गरिसकेका भएतापनि वलीको भिसा अस्वीकृत भएपछि अन्यौल सृजना भएको छ । भर्खरै बामे सर्दै गरेका र नामै नसुनेका गायक गायिका अमेरिकामा पुगिसक्दा पनि वलीले भिसा नपाएपछि निराशा व्यक्त गरेकी छिन् । 

पत्रकार रामजी ज्ञवालीसँग कुराकानी गर्दै वलीले भनिन् –‘खै किन पत्ताउन्न मलाई अमेरिकाले ! अमेरिकाले  नपत्ताउने ममा के छ त्यस्तो ? यसअघि अन्र्तवार्ताको क्रममा मैले अलिकति गाली गरेकी थिए, खै के भएर भिसा दिएन केही थाहा छैन ।’


Read Full Discussion Thread for this article