Posted by: ujl August 16, 2015
ठिक्क पर्यो खाते पण्डितलाई !
Login in to Rate this Post:     1       ?         Liked by
जातीय विभेद गर्ने पण्डित कारबाहीमा

दाङ, श्रावण ३१ - स्वर्गद्वारी मन्दिरमा पूजा गर्ने क्रममा एक दलित परिवारलाई विभेद गर्ने पण्डित दण्डपाणी चालिसेलाई स्वर्गद्वारी आश्रमले कारबाही गरेको छ । आश्रम प्रमुखको आज्ञा अनुसार हरिप्रसाद अधिकारीले प्रेस विज्ञप्ति जारी गरी चालिसेलाई एक महिनाका लागि निलम्बन गरिएको जनाएका छन् ।

विज्ञप्तिमा आश्रममा जातीय आधारमा कसैलाई पनि भेदभाव गर्ने चलन नरेहेको स्पष्ट पारिएको छ । पण्डित चालिसेले आश्रम व्यवस्थापनसँग सम्पर्क नगरी सिधै गाई दुहुने पण्डित रामप्रसाद पोख्रेलसँग भेट गराएर पूजा सम्पन्न गराएको विज्ञप्तिमा उल्लेख छ ।

आश्रमको नियमानुसार पहिले आवश्यक दस्तुर बुझाएर रसिद काट्ने र आश्रम परिसरका शिवालयहरुमा पूजाआजा गर्नुपर्नेमा पण्डित चालिसेले बाहिरै काम गराउन खोजेकाले निलम्बन गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ ।

चार वर्षदेखि बिरामी ११ वर्षीया छोरी सन्ध्याको ग्रह शान्ति गर्न साउन २३ गते प्युठानको स्वर्गद्वारी मन्दिरमा पुगेका त्रिपुर—६ सिस्नेरीका भीम नेपाली र उनकी श्रीमती बसन्तालाई पण्डित चालिसेले आश्रमको नियमविपरित रसिद नै नकाटेर आफैंले पूजा गरिदिन थालेका थिए ।

ग्रह शान्तिको पूजा भइरहेको बेला नाम, थर र गोत्र सोध्दा दलित भन्ने थाहा पाएपछि उनले बीचमै पूजा रोकेका थिए । अन्तमा उनले गाई दुहुने पण्डित रामप्रसादसँग भेट गराएर मन्दिरबाहिर गौशाला छेउमा पूजा गराइदिएका थिए । जातीय आधारमा पूजा गर्न विभेद गरिएको भन्दै दलित परिवारले आपत्ति जनाएका थिए । सञ्चार माध्यममा समाचार आएपछि आश्रमले पण्डितलाई निलम्बन गरेको हो ।

प्रकाशित मिति: २०७२ श्रावण ३१ ०६:२८
Read Full Discussion Thread for this article