Posted by: rownyc August 15, 2015
Sher Bahadur Cadre Killed by Sushil Koirala
Login in to Rate this Post:     0       ?        
नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल 'बादल'को हत्यामा संलग्न भएको आशंकामा प्रहरीले कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई शनिबार पक्राउ गरेको छ।

कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले लामिछानेलाई पक्राउ गरेको जानकारी दिए।

'हत्यामा संलग्न भएको आशंकामा हामीले लामिछानेलाइ पोखराबाट पक्राउ गरेका हौ' उनले भने, 'परिवारले पनि किटानी जाहेरी दिएपछि पक्राउ गरेका हौ।' प्रहरीले लेखनाथ–१६ का इकाइ सभापति राजु रानाभाट शुक्रबार नै पक्राउ गरेको थियो। हत्यामा संलग्न अरु तीनजना फरार रहेको उनले बताए। फरार व्यक्तिको खोजि भईरहको पालले जानकारी दिए।
Deuba 1

पोखरामा शनिबार नेपाली कांग्रेसका स्थानीय नेता रामजी बादललाई अन्तिम श्रद्धाञ्जली दिँदै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा। तस्बिरः नागरिक

लेखनाथ नगर समिति अधिवेशनको पदीय प्रतिश्पर्धाको विवादमा नेता बादलको विहीबार राती लेखनाथमा कुटपिटबाट हत्या भएको थियो। पार्टीका बरिष्ठ नेता शेरवहादुर देउवा र सभापति सुशील कोइराला पक्षका कार्यकर्ताबीच तीनदिनअघि लेखनाथमा हात हालाहाल भएको थियो। झडपका बेला दुइ पक्षलाई छुट्याएका बादललाई त्यहि आधारमा रिसिबी साँधेर हत्या गरेको आफन्तको भनाइ छ।

भदौ तेश्रो साता हुने भनिएको कांग्रेस लेखनाथ नगर अधिवेशनमा सभापतिका लागि नारायण तिवारी र वर्तमान सभापति राजेन्द्रमणि लामिछानेको चर्चा थियो। लामिछानेका तर्फबाट युवाहरुले केहिदिनअघि तालचोकमा तिवारीमाथि कुटपिट गरेका थिए। त्यहिबेला बादलले छुट्याउने प्रयास गरेका थिए।

श्रद्धाञ्जली दिन देउवा र सिंह

यसैबीच कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवा र महामन्त्री प्रकाशमान सिंह लगायतका कांग्रेस नेता मृतक बादललाई श्रद्धाञ्जली दिन शनिबार पोखरा आए। पौडेलको शव पार्टी कार्यालयमा राखिएको थियो। नेताहरुले त्यहि श्रद्धाञ्जली दिएका थिए। उनीहरु परिवारलाई भेट्न लेखनाथस्थित घरमा समेत पुगेका थिए। परिवारलाई भेटेर आएर श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि लगिएको थियो।

बरिष्ठ नेता देउवाले 'बादल'को हत्या हुनु आफ्ना लागि दाहिने हात भाचिए सरह भएको बताए। 'हत्याले नेपाली काग्रेसलाई ठूलो क्षती भएको छ' उनले भने, 'मेरो त दायाँ हात नै भाचिए सरह भयो।' इमान्दार र काममा कर्तव्यनिष्ठ कार्यकर्ताको हत्याबाट मर्माहीत भएको उनले बताए। नेता देउवाले आपराधीलाई कुनै पनि हालतमा कारवाहि गराइ छाड्ने प्रतिवद्धता जनाए। महामन्त्री सिंहले पौडेलका हत्यामा संलग्न र योजनाकारलाई कुनैपनि हालतमा नछाड्ने बताए।

- See more at: http://nagariknews.com/main-story/story/43486.html#sthash.JPQIpnTt.dpuf
Read Full Discussion Thread for this article