Posted by: rownyc August 15, 2015
KALIBABA for हिन्दू राष्ट्र Nepal
Login in to Rate this Post:     0       ?        
नेपाललाई हिन्दू राष्ट्र बनाउन कसैले रोक्न नसक्ने: काली बाबा
  
समाचार
Typography

नेपालका चर्चित धार्मिक गुरु काली वावाले राजनीतिक नेताहरुले व्यक्तिगत स्वार्थ लादेर नेपाललाई धर्म निरपेक्षता घोषणा गरेको बताउनु भएको छ । उहाँले विश्वभरिका डेढ अर्व हिन्दुहरु जागेकाले नेपाल जसरी पनि हिन्दु राष्ट्र घोषित हुने वताउनुभएको छ । भारतमा विभिन्न तीर्थस्थलहरुमा योग, ध्यान र साधनामा लामो समय विताएका नेपाली काली वावाले नेताहरुको काम राजनीति गर्ने र जनतालाई सेवा सुविधा दिने भएकोले धर्ममा हस्तक्षेप नगर्न चेतावनी दिनुभयो । धर्मको रक्षा र प्रवद्र्धन गर्ने काम धर्म गुरुहरुको भएकोले सवै हिन्दुहरु जागेकोले नेपाललाई हिन्दु राष्ट्र हुनवाट रोक्न कसैले नसक्ने उँहाको भनाई थियो । 
एकीकृत नेकपा माओवादीको तत्कालीन सरकारले पशुपतिनाथमा हस्तक्षेप गरि पूजा कार्य रोकिदिँदा आज उसको सबैले देखेको तर्क पनि कालीबाबाले बताउनुभयो । उहाँले अफगानिस्तानमा तालिवानीहरुले बुद्धका मूर्तिहरु ध्वस्त बनाउँदा तालिवानहरु हालत पनि त्यस्तै भएको भन्दै नेपाललाई हिन्दु राष्ट्र घोषित नगरे यहाँका नेताहरुकोपनि त्यस्तै हाल हुने चेतावनी दिनुभयो । नेपाली हिन्दुहरुमाझ राम्रो छवी बनाएका काली वावापनि नेपाल हिन्दु राष्ट्र हुन पर्छ भन्ने अभियानमा होमिएपछि राजनीतिक दलहरुलाई थप दवाव पर्ने देखिएको छ ।

Read Full Discussion Thread for this article