Posted by: fucheketo August 14, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     2       ?         Liked by
Everyone म तँपाइहरुको लागी एउटा दोषी हुँला तर किन किन दोष प्यारो लाग्न थालेको छ। ढिलो आएँ माफ चाहन्छु तर म यो कथा मर्न दिन्न टुंगोमै पुर्याउँछु। 

थोरै आंग तन्काएँ। झ्यालवाट वाहिर हेरेँ आकाशमा दुइवटा वादलका टुक्रा एक आपसमा जोरी खोज्दैछन्। आकृती परिवर्तन गर्दैछन्। कस्तो सजिलो जीवन ! आकार परिवर्तन गर्न पाउने।परिधि परिवर्तन गर्न पाउने ! यहाँ सम्म कि दुई मिसिएर एक हुन पाउने।मान्छेमा स्वतन्त्रता छैन ! मेरो घरको तल एउटा रातो गुलाफ फुलेको थियो।अघी दुध लिएर आउँदा देखेँ ओइलाएको छ। उसको उमेर सिद्दिएर होला। सुधा मेरो लागि कुनै पल त्यहि रातो गुलाफ जस्तै त थिइ। नओइलाओस् भन्ने मेरो चाहना कम्तीमा डायरीको अन्त्यसम्ममा। मैले उसलाई खोज्नु छ। तिनै पानाहरुमा उ भेटिनेछे जस्तो लाग्छ।
सुधाको डायरी-पेज १०९
ओहो कस्तो निष्पट्ट अँध्यारो! उसले ढोका खुल्लै छोडेछ। तर वत्ति खुल्ला थिएनन्। माथ्लो तलामा लुइस आर्मस्ट्रंग " अ किस टु विल्ड अ ड्रिम अन" गाउँदै थिए। हुन त म ज्याजको पारखी हैन , तर मैले त्यो गित सुनेकी छु। साकेतका कितावहरु पढ्दा लाग्छ उसलाई ज्याज मन पर्छ । त्यसैले त कहिले उ किंग कोल को कुरा गर्छ, कहिले सिनाट्राको। म ठुलो गमला पार हुँदै सिंडि उक्लेँ। सिँढीको भित्तामा एउटा रुँदै गरेकी आइमाइको तस्विर ! उसले मात्र नारीहरु रोएको देख्छ। उ नारीलाई स्वच्छन्द रहुन चाहन्छ तर किन किन निराशा झल्किन्छ उसको चिन्तनमा।
"वेलकम !" उसले तस्विर हेरीरहेकी मेरो ध्यान भंग गर्यो।
"कस्तो निराश तस्विर !" मैले सुस्तरी वोलेँ।
"मैले नै खिचेको हो ! मलाई त मन पर्छ "
अव भने मैले त्यो आइमाइलाई नियालेर हेरेँ। उसका आँखावाट रसाएका भाव खुशीको वा दुखको छूट्याउन गाह्रो थियो। कपाल अस्तव्यस्त थियो अनि लुगा पनि!
"को हो मैले सोध्न मिल्छ?" 
"अहँ मिल्दैन !" उ फरक्क फर्कियो। मैले अरु सोध्ने आँट गरिन।
"थोरै पिउँछ्यौ?"
मैले टाउको हल्लाइदिएँ। उ छ अनि म पिउँदैछु। नशा माथी नशा थपिए जस्तो हुनेछ।
उसले वाइन ग्लास वोकेर लिएर आउँदा मलाई लाग्यो मेरो एउटा नशा अर्को नशा वोकेर आउँदैछ।
" फ्रान्सको ल्योन वाट थोरै दक्षिण हिँडेपछि,रोन भ्याली आउँछ ।त्यहाँको वाइनको मजै वेग्लै ! म तिम्रो सामु फ्रान्सको मेडिटेरियनको घाम त सापटी मागेर ल्याउन सक्दिन तर त्यहाँको वाइन पियाउन सक्छु !"
मैले वाइन चुस्की लगाएँ ।खासै फरक पत्ता लाउन सकिन। फ्रान्स वाट आएको भन्दा, उसले दिएको हो त्यहि छ खास त्यो वाइनमा । मधुरो स्वरमा फ्रांक सिनाट्रा "समवेर वियोन्ड द सि " सुसाइ रहे । आवाज पर आइरह्यो।मैले ध्यान दिएर उसका शव्द शव्द सुनेको छु। उ विश्व घुमेको छ। उसलाई शायद एकै ठाउँ वस्न मन लाग्दैन। त्यहि भएर घुमन्ते भएर हिँड्छ।ठाउँ ठाउँ चहार्दै उ आफ्ना पात्रहरु खोज्छ। म पनि शायद उसको खोजको स्थानिय पात्र हुँ। नेपालमै भेट्टाएकी एउटा र क्रुड पात्र ।
"तिमी मलाई तिम्रो कथा सुनाउँछ्यौ?" उ अनायसै वोल्यो।
"भन्नाले ?" मैले मेरो गिलास छेवैको टेवलमा राख्दै सोधेँ।
"खोइ तिमी भित्र अनौठो कथा छ जस्तो लाग्छ !"
"एउटा कुरा सोधुम् ?"
"सोध न ?"
"कथा लेख्नु तँपाइको पेशा हो वा पागलपन?"
"तिमीलाई के लाग्छ ?"
"मलाई त पागलपननै लाग्छ।कथा नलेखेको दिन तँपाइको हात काम्छन् जस्तो लाग्छ ।"
"हेर त मेरा हात काम्दैछन् !" उसले पहिलो चोटी थोरै हलुका रुपमा लियो हामी विचको कुराकानीलाई। म केहि वोलिन। उसलाई मेरो वारेमा जान्न मन छ।
मैले मेरो गुरुलाई सम्झेँ अचानक । काँतर । लाछि। कस्तो स्वतन्त्र थिए ति दिनहरु। कस्तो नशालु हात थिए उसका । जसरी उसका औँलाहरु मेरा कलिला शरिरमा कुदेका थिए लाग्थ्यो उ मरुभुमीमा पनि मुल फुटाउन सक्षम थियो। म त काँचो माटो, उसवाट कुँदिन तयार भएर वसेकी। उसको जीवन चलिरहन्थ्यो के नै जान्थ्यो र !
फेरि वुवालाई सम्झेँ, पहिला लाग्थ्यो उनी पापी हुन्। तर उनी स्वतन्त्र थिए, जे चाहन्थे गर्थे। कस्ती तृप्त देखिन्थी त्यो आइमाइ। मेरा वा पनि कलाकार नै थीए। उनी शरिरमा रंग कुँद्थे।
छायाँलाई सम्झेँ । उसको र मेरो सम्वन्धको व्याख्या म सँग छैन। मात्र भाव म सँग छ। थोरै राप छ अझै पनि मेरा कुना कुनामा।ज्वालामुखिको लावा जस्तो!
अनि प्रतिकलाई सम्झेँ। उसका आँखा मात्र मलाई छुन्छन्। उसको आँखामा उसको आत्मा देखिन्छ।म प्रति पोखीएको।
ओहो कति धेरै कथा म कुन कथा पो सुनाउँ साकेतलाई। अचानक मेरो मनमा आयो। उसलाई कथा सुनाउन अघि मलाई एउटा अर्को कथा थप्न मन छ। अध्याय थप्न मन छ। साकेत नामको !
"एउटा शर्तमा कथा सुनाउँछु!"
"के हो शर्त?"
उसले अचम्म मान्दै म तिर हेर्यो। म उसको नजिकै गएँ।उसको हात समाएँ। उसको हातलाई मेरो छातीमा लगेँ। उसको हातमा खासै तनाव देखिएन। छातिवाट थोरै तल झारेँ। उ पनि चुपचाप भएर मेरो इशारामा हात झारी दियो। त्यसपछि मैले अझ धृष्टता गरेँ मेरो जिन्सको वटन उसका र मेरा हातले खोले।
"सरी मलाई थाहा छ म धृष्टता गर्दैछु। मेरो कथाको लागि यहि शर्त हो !"
"मलाई धृष्टता मन पर्छ!" उसले अझ हात घुसार्दै भन्यो। धेरै दिन पछी मेरो मरुभुमी जस्तो जीवन रसाएको छ। हो उ कथा सुन्छ,लेख्छ,वनाउँछ।

Read Full Discussion Thread for this article