Posted by: ujl August 11, 2015
हिन्दु राष्ट्र किन? दलित, महिला र अन्य धर्म लाई दबाउन
Login in to Rate this Post:     1       ?         Liked by
@metta....अमेरिकामा निलो चलचित्रमा खेल्ने अमेरिकन नारीहरू व्यथा सुनेको छौ? खुला समाज भनेको के नारीहरूको योनि दुरुपयोग गरि निलो चलचित्र बनाइ धन आर्जन गर्नु हो? के येही धर्म हो? बिन्दु परियारलाई नेपालीले फकाएर टेक्सासमा ल्याएर वेश्या बनाएको हो कि अमेरिकन ले? अनि त्यो मनु-स्मृतिमा नारि र दलित वर्गलाई अपहेलना गरेको छ भनेर कसले तिमीलाई भन्यो? संस्कृत को पण्डित हो तिमि जसले वेद पुराण अनि मौलिक मनु-स्मृति पढेको छ? विज्ञान प्रयोग गरेर आणविक हतियार बनाएर अमेरिकनहरूले जापानमा खसाले. के तिमि येसलाई विज्ञानको गल्ति मान्दछौ? कुनै पनि कुराको सदुपयोग एवम् दुरुपयोग हुन सक्दछ. राणाहरूले वेद पढेर नेपालमा चाकरी प्रथा ल्याएका होइनन. नेपाल र भारतमा रहेको कुप्रथा एवम् कुसंस्कृतिलाई वैदिक सनातन धर्मसंग जोडी हिन्दु धर्मलाई नीचा देखाउने धेरै आए. वैदिक सनातन धर्मको रक्षा गर्न सक्ने ऋषि एवम् पण्डितहरूको कमीले गर्दा नेपाल र भारतमा कुप्रथाहरू मौलाउदै गएको तिमीलाई हेक्का भएन? मनु-स्मृति कै कुरा गर्ने हो भने मौलिक मनु-स्मृतिको कुरा गर्नु पर्यो जुन वेद-वेदान्त संग विवादित छैन. जुन समाजमा नारि जातिलाई "देवी" भनेर सम्बोधन गरिन्छ त्यो समाजमा उनीहरूलाई मन्दिर छिर्न नदिनु मानव अज्ञानता हो; तिमि एसलाई वैदिक सनातन धर्म संग किन गांस्छौ? विज्ञानको कहिले पनि गल्ति हुदैन, गल्ति एसको दुरुपयोग गर्नेको हुन्छ. येसैगरि समाजमा रहेका कुसंस्कृति वेदको उपज होइन. वेदले स्पस्ट भनेको छ: वातावरण सफा राख. बागमतीको हालत देखेको छौ? नदि-नालामा मानव ढल मिश्रण गर्न नेपाल सरकारलाई वेदले सिकाको हुनु पर्छ तेसो भए, होइन र?
Read Full Discussion Thread for this article