Posted by: crazy_love August 11, 2015
त्यो के थियो?
Login in to Rate this Post:     1       ?         Liked by
भाग- 4

धेरै पछी म मा अनौठो परिवर्तन आएको थ्यो। अब म पढ्नु भन्दा धेरै ऐना हेर्थे, आफुलाई कसरी राम्री भन्ने कुरामा धेरै ध्यान दिन थाले। प्राय म सामान्य सनस्क्रिन मात्र लगाउथे, तर आफुमा आएको परिवर्तनपछी मलाई गाजल लाउन मन लाग्यो, लिप्स्टिक पनि लाउन मन लाग्यो, नयाँ नयाँ रङको लुगा लाउन मन लाग्यो। मेरो दराजमा खाली फिका रङहरु भएको लुगा मात्र थ्यो, मलाई गुलाफी, हरियो, रातो पनि लाउन मन लाग्यो। तर म सँग नयाँ लुगा किन्ने पैसा र समय थिएन। त्यसैले हरेक बिहान म ४-५ वटा लुगाहरु लगाएर हेर्थे र आफुलाई जुन धेरै सुहाउथ्यो, त्यही लगाउथे। हरेक दिन कलेज अघि सक्दो ताजा र राम्री देखिने कोशीस गर्थे। मेरो मन अब उड्न थालेको थ्यो बादलको माझमा। मलाई हरपल उसैले हेरिरहेको छ भन्ने लाग्थ्यो। जब मेरो धेरै समय राम्री बनेर खुस्केटको ध्यान आफुतिर आकर्षित गर्ने उदेश्यमा खेर जान थाल्यो, मैले पढाईलाई पनि निरन्तरता दिनलाई रातभरी ब्युँझिन पर्यो। त्यसले मेरो रुचिमा असर गर्यो र मेरो भोक, निद्रा र शान्ती हरायो प्रेमरोगमा।

"ओ माइ गड!" एक्दिन जिबनले मलाई देख्नासाथै भन्यो, म आतिए।

"के भन्यो?" बिभाले सोधी।

"मेरीले गाजल पनि लाउन थालेछ। कस्तो गाढा रातो लिप्स्टिक!" जिबन यसरी भन्दैथ्यो मानौ मेकअप गर्नु अपराध हो।

"उसलाई लाउन मन लाग्यो लाई।" बिभाले मलाई सरसर्ती हेरी र भनी "केटी मान्छेले मेक अप गर्नुमा कुन ठुलो कुरा भयो त?"

"नो! शि ह्याज चेन्जड! पढाईको यत्रो स्ट्रेसमा पनि कसरी राम्रो हुन सकेकी?" जिबन टवा परेर मलाई हेर्दैथ्यो।

"सो व्हाट? लाईफ इज शर्ट, इन्जोइ द मोमेन्ट!" मैले जिबनलाई हेरेर देब्रे आँखा झिम्काए।

"सी! जरुर केही भैरहेको छ, मेरी इज इन लव! मेरी इज इन लव! " जिबनले जिस्काउन थाल्यो।

"अफकोर्स! शी मेट हर हिथ्क्लिफ!" बिभाले नि मलाई जिस्काउन थाली।

"म पनि त हिथ्क्लिफ भन्दा कम ह्यान्ड्सम त थिइन। यत्रो ठुलो संसारमा म तिम्रो सामु उभिएको छु, मलाई किन देखिनौ मेरी?" जिबनले मलाई जिस्काउन छोडेन।

"तिमीलाई मेरो आँखाले मात्र देख्छ जिबन, मेरो मनले देख्दै देख्दैन। " मैले जिबनलाई भने।

"तिम्रो मनले देखेको त्यो हिथ्क्लिफ को हो त?" बिभाको प्रश्नले म हच्किए।

टाढाबाट खुस्केट कलेजको गेटभित्र पस्न लागेको देखे, मेरो हिथ्क्लिफ त उही थ्यो तर मैले उसलाई सबैको नजरबाट लुकाउन पर्थ्यो किनभने उ सँग मेरो सम्बन्ध मात्र एउटा शिक्षक त बिद्यार्थीको मात्र हुन सक्थ्यो। त्यो भन्दा बाहेक अरु कुनै हुन सक्दैनथ्यो, मेरो मन चिसो चिसो हुन थाल्यो, मैले बिभा र जिबनलाई मैले खुस्केटलाई प्रेम गर्न थालेको संकेत दिन हुँदैनथ्यो। मैले उनिहरुलाई जिस्केर पनि केही भन्नु हुन्नथ्यो। मलाई अब एउटा नाम चाहियो।

"बिनय! मेरो हिथ्क्लिफको नाम बिनय हो!" मैले सोचेर भने।
“बिनय भन्दा जिबन कती राम्रो नाम थियो। बिनय कस्तो कमन नाम?” जिबनले नाक खुम्च्यायो।

"नाम भन्दा राम्रो उसको हृदय छ। तिमीलाइ उसको नाम नपरेर के हुन्छ? उ भन्दा प्रिय मेरो अरु कोही छैन।" मैले नि केही सत्य केही असत्य कुरा गरे, वास्तवमा खुस्केटको नाम बिनय भन्दा पनि कमन नाम थ्यो।

"अनी हामीलाई कहिले भेटाउने त?" बिभाले मैले नसोचेको प्रश्न गरी।

"उ यहाँ छैन, लङ डिस्ट्यान्स रेलसनशिप हो। यदी मलाई भेट्न आयो भने भेटौँला।" एउटा झुठलाई बनाउन कती झुठ बोल्नु पर्छ भन्ने कुरा मैले सिक्न थाले।

"मैले पत्याइन, जब मान्छे यहाँ छैन भने तिम्रो यो मेक अप र लुगाको के अर्थ? जरुर केही रहस्य छ।" बिभाले शंका गरी, मैले केही भनिन।

"जे सुकै सोच, मलाई राम्री हुन मन लाग्यो त के गरु?"

त्यतिकैमा क्लास शुरु भयो, खुस्केटको पहिलो नजर म मा थियो र मेरो पनि, एकचोटि हामीले फेरी अधरको मुस्कान साट्यौ, कती मिठो लाग्यो त्यो पल, त्यही नै रोकिरहोस् जस्तो। उसले पढाउदै नपढाअोस अनी मलाई मात्रै हेरोस्, हामी केही नबोलेर खाली एक अर्कालाई हेरी मात्र रहौ जस्तो लाग्यो मलाई । कस्तो सुन्दर अनुभुती, उसको आँखाको भाषा मेरो मनको चाहना कस्तो मिलेको थियो।
मान्छेलाई शब्द किन चाहिन्छ प्रेममा?
के प्रेम अभिब्यक्त गर्न जरुरी छ?

क्रमश:

Read Full Discussion Thread for this article