Posted by: rownyc August 10, 2015
KHUM BAHADUR KHADKA HOME ATTACKED IN SURKHET
Login in to Rate this Post:     0       ?        

मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा आक्रोशित सुर्खेतका जनताले नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र सभासद् हृदयराम थानीको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।

अखण्ड मध्यपश्चिम र सङ्घीय राजधानी सुर्खेत हुनुपर्ने माग राखी आइतबारदेखि थालिएको आन्दोलनले आज उग्र रुप लिँदा तीन प्रमुख दलका पार्टी कार्यालय र जिल्ला प्रशासनलगायत केही सरकारी कार्यालयमा पनि तोडफोड भएका छन् ।

सभासद्समेत रहेका खड्काको घरमा आगजनी गर्न पुगेका आक्रोशित जनता र प्रहरीबीच झडप हुँदा गोली चलेको छ । सदरमुकाम वीरेन्द्रनगर स्थित कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न पुगेका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा वीरेन्द्रनगर–४ निवासी टिकाराम गौतमको मृत्यु भएको छ ।

प्रहरीको गोली टाउँकोमा लागेर ढलेका गौतमलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै ज्यान गएको हो । पूर्णबहादुरको घरमा ढुङ्गा हान्ने क्रममा निशाना लगाएर प्रहरीले गोली हानेको थियो । अहिले उनको शव अस्पतालमा राखिएको छ । गोली लागेर चारजना घाइते भएको बताइएको छ । घाइतेहरुको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

यसैगरी, जनआक्रोशलाई साम्य पार्न सुर्खेतमा मध्याह्न १ बजेदेखि राति ९ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जानकारी दिएका छ ।  सहमहामन्त्री खड्काको घरलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् ।

आक्रोशित जनताले सुर्खेतस्थित नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादीलगायतका पार्टी कार्यालय तोडफोड गरी पार्टीका कागजपत्रमा आगो लगाइदिएका छन् । सुर्खेतवासीले मध्यपश्चिम विकास क्षेत्रलाई विभाजित गरी सुर्खेत, दैलेख र जाजरकोटलाई छैटाँै प्रदेशमा र बाँके बर्दियासहित राप्ती अञ्चललाई पाँचौँ प्रदेशमा गाभिएको विरोधमा बन्द आह्वान गरेका हुन् । यी निर्णय नसच्याइएसम्म आन्दोलन जारी रहने सुर्खेतका आन्दोलनकारीहरुले बताएका छन् ।

सुर्खेतवासीले मध्यपश्चिमलाई सातौं प्रदेशसहित प्रान्तीय राज्यको राजधानी सुर्खेतलाई बनाउनुपर्ने मागसमेत गरेका छन्

Read Full Discussion Thread for this article