Posted by: rownyc August 7, 2015
RAJENDRA CHHETRI--THE NEW COMMANDER IN CHIEF OF THE ROYAL NEPALESE ARMY
Login in to Rate this Post:     0       ?        
सरकारले भावी प्रधानसेनापतिमा राजेन्द्र क्षेत्रीलाई सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाधिकृत रथी क्षेत्रीलाई कामु प्रधानसेनामा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानसेनापति गौरव शमसेर राणाको पदावधि आगामी भदौ २३ गते सकिँदै छ । सेनापति एक महिना अघि नै विदा बस्ने प्रचलन अनुसार राणा विदा बसेपछि क्षेत्रीले कायम मुकायमको जिम्मेवारी सम्हाल्ने छन् । राणाको पदावधि सकिएपछि क्षेत्रीले सेनापतिको बागडोर सम्हाल्नेछन । - 
Read Full Discussion Thread for this article