Posted by: Bhinazu October 16, 2004
Childhood thinking that turned out to be untrue (or False)
Login in to Rate this Post:     0       ?        
१, हाम्रो गाँऊमा घाम अस्तायो भने त्यो हाम्रो घरदेखि पश्चिमको घाम अस्ताउने पहाड पारीको पल्लो गाउँमा घाम झुल्किन्छ होला। त्यहाँका बच्चाहरु बल्ल उठे होलान्। गाई चराउन जान थाले होलान्। हामीकहाँ गाई बाँध्ने बेला भो। उता चराउन निस्किने बेला भो। राती हामी सबै निदाएको बेला घाम खुस्स लुकेर पुर्व जान्छ होला। अनि भोलि बिहान निस्किन्छ, होला। Something like that. २, आकाशमा भगवान छ, उस्ले मुत्यो भने पानि पर्छ , दिशा गर्यो भने असिना झर्छ होला। ३, कहीँ पानीको मूल देख्यो भने यहाँभित्र समुद्र छ होला जस्तो लाग्थ्यो। ४, घर अगाडिको पहाडको तुप्पोमा गयो भने आकाश छुन सकिन्छ होला। आकाश कस्तो होला, जान पाए । ५, एक पटक मामा आँउदा ग्लुकोज बिस्कुट दिनु भो। मामा घर जान पाए त ग्लुकोज बिस्कुट मात्र खान पाइन्थ्यो। हाम्रा मामाघर ग्लुकोज बिस्कुट फल्छ होला।
Read Full Discussion Thread for this article