Posted by: Kiddo July 28, 2015
Hindu rashtra?
Login in to Rate this Post:     0       ?        
राज्य मा धर्म लाग्नु पर्छ भन्ने मलाइ लाग्दैन, तर यो facebook आदिमा लेखेको तर्क हरु देख्दा चै दिक्क लाग्छ. आआ हिन्दु धर्म नै गर्दे पनि ठिकै हो जस्तो लाग्छ.

१. पहिचान पहिचान को नारा लागेको छ. मौलिक भाषा, मौलिक चलनको अधिकारको बारेमा हल्ला चलेको छ. तर थुप्रैको लागि धर्मनै पहिचान हो. धर्मको नाउमा राज्य कोर्ने कि? धर्मलाइ चै अरु चलनको जस्तो मौलिक अधिकार किन नपाउने?

२. ड्राफ्ट संविधान पछि, गाउँ गाउँ मा गएर जनता हरुको राय बुझियो. दुइ दिन छुटी दिएर जनताको सुझाव लियियो. कुन अधारमा त्यो सुझावको अवलम्बन गर्ने? प्रजातन्त्र मा बहुमतको राय मान्नु पर्ने हैन? Referendum गरिनु पर्ने हैन? Referendum गरे हिन्दु धर्मले नै बहुमत पाउँछ भनेर हो कि? बहुमतको हिसाबले हिन्दु राष्ट्र हुनु पर्ने हो, बहुमत नभए के को अधार लिने त?

हिन्दु राष्ट्र बनाउनु भनेको अरु धर्मले बस्न नपाउने हैन. लिम्बुवान भन्दैमा किरातले बस्न नपाउने हैन, भन्या जस्तै हो. हो, धर्म परिवर्तन गर्न चै कानुन ले रोक लगाउँछ.

सबैको फुल्बारिलाई एउटा धर्मको राष्ट्र नबनाउ भन्छन. के हुन्छ बनाए? कुनै सहि तर्क देखिन अहिलेसम्म.
Read Full Discussion Thread for this article