Posted by: cybernepali July 27, 2015
पारसको मुटुमा शल्यक्रिया गर्दा ज्ञानेन्द्र खाना लिएर पुगे
Login in to Rate this Post:     0       ?        

फोटो :पारसलार्इ भेट्न नर्भिक पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह । तस्बिर : रजेन्द्र केसी
काठमाडौं : मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छोरा पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र आइतबार साँझ नर्भिक अस्पताल पुगेका छन् । 
 
अचानक मुटुमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरेर पेस मेकर राखिएका पारसलाई भेट्न ज्ञानेन्द्र आफै खाना लिएर अस्पताल पुगेका हुन् । 

पारसको मुटुको अप्रेशन गरी नर्भिकका चिकित्सक रमेश रावतसहितले पेस मेकर राखेपछि उनी खतरामुक्त भइसकेका छन् । विरामी छोरालाई भेट्न यसअघि आइतबार दिउँसै आमा कोमल नर्भिक पुगिसकेकी थिइन् । उनी अप्रेशनपछि आराम गरिरहेका छोरालाई रुँघेर नर्भिकमै दिनभरी बसिन् । 

पत्नी हिमानी पनि कोमलसँगै पतिलाई भेट्न दिउँसै नर्भिक पुगेकी थिइन् । उनी पनि सासु कोमलसँगै पतिलाई रुँघेर दिनभर नर्भिकमै बसिन् । 

परिवारका सबै सदस्य नर्भिक पुगेपछि राति आठ बजे ज्ञानेन्द्र आफैं कार हाँकेर नर्भिक पुगेका हुन् । यसअघि पारस आइतबार मध्यान्ह १२ बजे छोरा हृदयन्द्रलाई साथमा लिएर आफैं कार हाँकी नर्भिक पुगेका थिए ।

नर्भिकका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेपछि मुटुलाई सामान्य अवस्थामा चल्न दिनका लागि पेस मेकर राख्नुपर्ने जनाएपछि आजै सानो शल्यक्रिया गरी पारसको मुटुमा पेस मेकर राखिएको हो ।

तीन वर्ष थाइल्यान्डमा बसेर नेपाल फर्केका पारसलाई पूर्वराज परिवारले पहिलो पटक भेटेका हुन् । यसअघि पारससँग उनका छोराछोरीले मात्र भेट्दै आएका थिए । 

पूर्वराज परिवारले पारस र थाई युवतीबीचको सम्बन्धलाई लिएर शंका जनाएपछि पारसले निर्मल निवासमा समेत प्रवेश पाएका थिएनन् । 

यसअघि थाइल्यान्डमा बस्ने क्रममा पनि पारसलाई हृदयघात भएको थियो । हृदयघातको लामो उपचारपछि मात्रै पारस सन्चो भएका थिए । 

पारसका लागि ज्ञानेन्द्रले लगेको खाना बोकेका एक सहयोगी । तस्बिर : रजेन्द्र केसी
- See more at: http://annapurnapost.com/News.aspx/story/15505#sthash.4Zaujd0X.c6YmPOiK.dpuf
Read Full Discussion Thread for this article