Posted by: magorkhe1 July 9, 2015
साझाको धङ्धङे :TPS
Login in to Rate this Post:     0       ?        
नेपाल गएको बेला ७.३ रेक्टर स्केल को भुईचालो पछी मेरो मस्तिस्कको कुनै कुनामा एस्को प्रभाब बसेको रहेछ |हिंडेको बेलामा ५.९ सम्म्को गए तर थाहा पाईन | एक दिन मस्त निन्द्रामा परेको बेला ४.८ जती भुईचालो आएको रहेछ अनी म चाँही आत्तिएर उठे पछी भुईचालो अायो भन्नु पर्ने ठोक ठोक भन्दै उठेछु | मेरा ससुरा ज्यु लाई ठुलो जोक भएको छ |
यो पछी आर्को ठुलो जोक हिजो हुन गयो |

मेरो एउटा लठ्ठु भाई लाई अमेरिकाछिराउन पाए हुन्थ्यो भन्ने परेको छ र उस्को बारे निकै सोच हरु दिमागमा चलेका छन | यो TPS  बाट फाईदा लिन  पाए हुन्थ्यो भन्ने लागि रहेको छ !कस्लाई के को धन्दा घर ज्वाँईलाई खानको , आफुलाई पनि यो TPS  खादा बस्दा सुत्दा समेत जकडेको छ | अमेरिका छिराएर ५-६ महिना अमेरिकामा दलाउन पाए नेपाल फर्किए पछी केही ( बाबु साहेबी पन वा काम गर्न लाज जान्थ्यो कि ? ) काम धाम गर्थ्यो कि ?

हिजो बिहानी पखमा TPS TPS भन्दै चिच्याएछु|  मेरो परिवारले चाँही छातीमा हात राखेर सुतेर श्वास प्रश्वासमा बाधा भएर चिच्याएको हो कि भन्ठानेछन | म झल्यास्स भएर ब्युझी सक्दा, घरका सबै परिवार वरिपरि भेला भै सकेका रहेछन | बुढीया सोध्छे यो TPS के हो | 
उस्लाई के था यो TPS को महिमा, कालेज सिध्याएको ५ बर्ष भै सक्यो अनी आफ्न्त हरु F1 मा कोही छैनन एउटा मै हुँ जो साझामा झुन्डिने | साझामा दिनभरीनै बित्छ शायद तेसैको धङधङे लागेको होला | 

कसरी भनौ बुढीयालाई मलाई साझा लाग्यो भनेर ? 


Last edited: 17-Jul-15 03:45 PM
Read Full Discussion Thread for this article