Posted by: Lal Bahadur Ayer July 4, 2015
धन्यबाद अमेरिका
Login in to Rate this Post:     0       ?        
धन्यबाद अमेरिका 

लाल बहादुर ऐर (एल बि) 

 धन्यबाद अमेरिका तिमीलाई 
 टि. पी. एस. सुबिधा दियौ हामीलाई 
नेपालको दुख बुझी 
नेपालीको पिडा सम्झी 
 मानवता नै महानता हो 
 सलाम तिम्रो बिचारलाई 
 दुखमा साथ् दियौ 
 घाउमा मलम लगायौ हामीलाई 
 पिडामा छन् परिवारहरु 
 देशमा जान पाउने भए 
 स्कुल पढ्न छोडेकाले 
 फेरी पढ्न पाउने भए 
 बुदा बुदी आमा बाबा 
टुहुरा सन्तान छोरा छोरी 
 कहिले आउलान भनिकन 
 हेरी राछन बाटो कुरी 
 काम गर्ने मौका दियौ 
 ट्याक्स भर्छौँ रमाएर 
 पुन: निर्माण गर्छौं देशको 
 दुइ चार पैसा कमाएर 
 समबेदना मर्ने हरुमा 
 शान्ति मिलोस तिम्रो आत्मा 
 धन्यबाद सेनेटर र कांग्रेसलाई 
 जिन्दगीको ढोका खोली 
नौलो जीवन दियौ हामीलाई 
पास गर्यौ टि. पी. एस. 
 कोटी कोटी नमस्कार छ 
 नेपालीको तिमीलाई यु. एस.
Read Full Discussion Thread for this article