Posted by: metta July 1, 2015
जब कृषिमन्त्री हरिप्रसाद पराजुलीले अश्लिल हर्कत देखाए … (तस्वीरसहित)
Login in to Rate this Post:     0       ?        

कृषि मन्त्री पराजुली ओली निवास पुगे

१६ असार, काठमाडौं । महिलासँग अश्लिल हर्कत गरेर विवादमा परेका कृषि मन्त्री हरि पराजुली एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष स्पष्टिकरण दिन बालकोट पुगेका छन् ।

Hari-Parajuliपराजुलीका कारण पार्टीकै बदनाम हुने भएपछि उनलाई राजिनामा दिन दबाब परेको छ । यसअघि बुधवारै उनले उपप्रधानमन्त्री बामदेव गौतमलाई भेटेर स्पष्टिकरण दिएका थिए ।

मन्त्री पराजुलीबारे उत्पन्न विवाद र चर्चाबारे जानकारी लिनका लागि अध्यक्षले निवासमा बोलाएका ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।

http://www.onlinekhabar.com/2015/07/294867/

एमाले नेता पोखरेलले भने-कृषिमन्त्री ज्यू लज्जाबोध भो

२०७२ असार १६ गते

sankar_pokrel१६ असार, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले कृषिमन्त्री हरिप्रसाद पराजुलीको हर्कतले जल्लाबोध भएको टिप्पणी गरेका छन् ।

स्थानीय समिति सदस्य पोखरेलले सार्वजनिक पदमा बस्नेहरु सामाजिक मर्यादामा बस्नु पर्ने बताए ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्-‘मर्यादामा बस्न गाह्रो हुनेले सार्वजनिक पद धारण गर्नु हुँदैन । कृषिमन्त्री ज्यू लज्जाबोध भो ।’

मन्त्री पराजुलीलाई कारबाही गर्न एमालेमा दबाव

यसैबीच कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन एमालेभित्रै दबाव बढेको छ ।

पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री पदमा रहेर पार्टीको शिर गिराउने काम गरेकाले तत्काल कारबाहीका लागि नेतृत्वलाई ध्यानाकर्षण गरिएको बताइन् ।

एमालेका पदाधिकारीले नेतृत्वलाई तत्काल निर्णय लिन सुझाएका छन् भने सभासद्ले अध्यक्ष केपी ओलीलाई प्रमुख सचेतक अग्निप्रसाद खरेलमार्फत् ध्यानाकर्षण गराएका छन् ।

उपाध्यक्ष शाक्यले भनिन्-“मन्त्रीले नै त्यस्तो गरेपछि पार्टीभित्रका र  आम महिला कसरी सुरक्षित हुने भन्ने प्रश्न उठेको छ, के पार्टीमा अन्य छवि भएका र योग्य व्यक्ति छैनन् र ?”

मन्त्री पराजुलीले मङ्गलबार मूलपानीमा आयोजित धान रोपाइँका क्रममा सार्वजनिकरुपमा महिलामाथि अश्लिल हर्कत गरेका थिए ।

http://www.onlinekhabar.com/2015/07/294907/
Read Full Discussion Thread for this article