Posted by: Biruwa June 30, 2015
एनआरएनलाई 'दोहोरो नागरिकता'
Login in to Rate this Post:     0       ?        
संबिधानमा नागरिकता सम्बन्धि  एस्तो प्रस्ताब ल्यौनेकि?
नेपाली नागरिकता वा नेपाली पासपोर्ट लिई सकेका वा त्यसलाई लिएर विदेश गएका कुनै पनि नेपालीको नागरिकता आफूले नत्यागे सम्म सदैव कायम रहने छ र अन्य देशको जे जस्तो नागरिकता वा प्रमाणपत्र लिएका भएपनि उनीहरुको नेपाली नागरिकता खारेज हुने छैन|

विदेशमा काम गर्ने व्यक्तिले पेन्सन आदि सुबिधा पाउँछ| तेसैका लागि पनि बिदेशी citizen बन्न पर्ने भएको छ, कयौं दाजु भाइले| नेपाल को मायाँ नभएर होइन तर बुढेसकालमा राम्रोसंग खान र बस्न को लागि| येस्मा नराम्रो के नै छ ?  हाम्रो देशमा कामको अभाब उहिले देखि हो| देशका जनता कामको निम्ति बिदेशिनु परेको बाध्यता सबैमा अवगत नै छ|के येत्ति खोजु पाप हो? तिनलाई नेपाली नागरिकताको निरन्तरता भए नेपालनै फर्केर बस्छन| काम गरिसकेर घर फर्किने भए विदेशबाट पाउने सुबिधा चै छोड भन्नु आफ्नै नेपाली मुलका दाजुभाइमाथि अन्याय गर्नु हो| विदेशबाट आउने सुबिधा तथा आर्थिक सम्पतिमा बरु सरकारलाई tax तिर्ने व्यवस्था भए कसैलाई मर्का पर्दैन होला|

येस्ता व्यक्तिले विदेशबाट कामकुरो पनि सिकेका हुन्छन जुन देश को निम्ति खर्चने बलियो सम्भावना रहन्छ|देश चलाउन बिदेशी को मुख ताक्ने तर आफ्नै नेपाली मुलका दाजुभाइलाई पर सारे देशकै घाटा हो|
काम गरि घर फर्किन सजिलो बनैदिए ति बिदेशिएकाले पैत्रिक सम्पति बेचबिखन गर्दैनन् र देशको पैसा अचल सम्पत्तिमा भन्दा आर्थिक कारोबारमा खर्च भै हाम्रो जन्म देशको आर्थिक विकासमा टेवा मिल्ला|
Last edited: 30-Jun-15 02:23 PM
Last edited: 30-Jun-15 02:23 PM
Read Full Discussion Thread for this article