Posted by: metta June 24, 2015
पूर्वमन्त्री गुप्ताले श्रीमतीलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा
Login in to Rate this Post:     0       ?        
पूर्वमन्त्री गुप्ताले श्रीमतीलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा

काठमाण्डु, ७ जेठ– पूर्वमन्त्री एवं तमलोपा नेपाल वृजेशकुमार गुप्ताकी पत्नी संगीताले श्रीमानले आफूलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा गरेकी छन् ।

unnamed
सोमबार साँघु साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा उनले विवाह गरेर गुप्ताको घरमा भित्रिएदेखि नै आफूले दाइजो नल्याएको आरोपमा यातना सहँदै आएको उल्लेख गरेकी छन् ।

 

आफूले सामाजको प्रतिष्ठित व्यक्तिले अरुलाई समेत दाइजो नलिन आग्रह गर्नुपर्नेमा दाइजोका लागि आफूमाथि नराम्रो व्यवहार नगर्न आग्रह गरेको तर, गुप्ताले ज्यादती गर्न नछाडेको आरोप संगीताको छ । संगीताले गुप्ताले दाइजोमा स्कोरपियो गाडी मागेको बताएकी छन् ।

 

‘विहे गरेर आए लगत्तैदेखि दाइजको निहँुमा सताउन थाले । उनले स्कोर्पियो गाडी मागेका थिए’, संगीताले भनेकी छन्, ‘देशको कानूनमन्त्री भइसकेको मान्छे, यस्तो नगर्नूस्, तपाई त समाजको प्रतिष्ठित मान्छे हो, अरुलाई दाइजो नलिन आग्रह गर्नुपनेृमा तपाईं आफै ममाथि यस्तो किन गर्नुहुन्छ भनें । तर उनले ममाथि धेरै ज्यादति गरे ।’

 

 

संगीताले आफूलाई गुप्ताले अप्राकृतिक मैथुन गर्नमसेत बाध्य पारेको आरोप लगाएकी छन् । आफू पटकपटक बलात्कारमा परेको उनको भनाइ छ । त्यस यसक्रममा दुई पटक गर्भपतन समेत भएको तर परिवार बिग्रन नदिने आफूले यातना भोगेर पनि धेरै प्रयास गरेको बताएकी छन् ।

 

गुप्ताले सम्बन्ध ज्यान मार्ने धम्की दिएर विच्छेदका लागि दबाब दिएको आरोप पनि उनको छ । धम्की दिएर आफूलाई चार महिनाअघि घर निकाला गरेकाले माइतीको शरणमा लुक्दै हिंडेको उनको भनाइ छ । ‘छोडपत्र नदिए मार्छु भने । मारेर तँलाई गायब बनाइदिन्छु, यो देशमा मलाई जेल हाल्न कसैले सक्दैन भने ।’

 
गुप्ता र उनका परिवारका सदस्यले अरु मान्छे प्रयोग गरेर बलात्कार प्रयाससमेत गराउन खोजेको आरोप संगीताले लगाएकी छन् । ‘म एउटी पतिव्रता हिन्दू नारी हुँ । मेरो श्रीमानबाहेक अरुसँग कुनै प्रकारको सम्बन्ध राखेकी छैन । तर, मलाई जबर्जस्ती मेरो श्रीमान र उनका परिवारले अरु मान्छे लगाएर बलात्कार प्रयास समेत गरेका छन्’, संगीताले भनेकी छन् ।

 
उनले प्रहरीले उजुरी नै दर्ता गर्न नमानेको र महिला आयोगले दुईपटक छलफलका लागि बोलाउँदासमेत गुप्ता नआएको बताइन् । भारत माइती भएकी उनले आफ्नो कानूनी लडाइँमा सम्पूर्ण नेपालीको साथ पाउने विश्वास लिएकी छन् ।

http://kathmandutoday.com/2015/06/111074.html
Read Full Discussion Thread for this article