Posted by: ujl June 22, 2015
ढोल पिट्नु जरुरि थियो र?
Login in to Rate this Post:     1       ?         Liked by
Shruti_P...... कुरा एकदम ठिक लाग्यो. सरकारी बिद्यालयको स्थिति निकै नाजुक छ. जब सम्म शिक्षा प्रणाली सुध्रिन्न, नेपालको मुहार फेरिदैन किनकि उचित शिक्षा दियोको ज्योति समान हुन्छ जसले मानव चेतनालाई मार्गदर्शन गर्दछ. आजको लगानी, भोलिको भविस्य हुने हुँदा नेपाल सरकारले यथा शिघ्र योजना बनाई शिक्षा क्षेत्रमा अधिकतम लगानी गरि सम्पूर्ण नेपाली बालबालिकालाई शिक्षाको प्रकाशले प्रकाशमान गराउनु जरुरि छ. अन्यथा, अज्ञानताको दलदलमा फसेका नेपालीले नेपालको अस्थित्व नै मेटाउन के बेर? जति पनि बर्बादी भएका छन्, केवल अज्ञानता कै कारण भएका छन्. रात्रि अन्धकारको अंगालोमा बाँधिएकी पृथ्वी बिहान हुना साथ् सुर्यको किरणले प्रज्वलित हुन्छिन. तेसैगरी, शिक्षाले सुर्यको किरण भाति मानव मनलाई प्रज्वलित गर्ने काम गर्छ. यसर्थ, शिक्षा नै पहिलो प्राथमिकता हुनु पर्दछ.
Read Full Discussion Thread for this article