Posted by: funtush June 21, 2015
हाम्री पियारी प्रियंका कार्कीकि ७० लाखको गाडी
Login in to Rate this Post:     0       ?        

प्रियंकाले किनिन् ७० लाखको कार



प्रियंकाले किनिन् ७० लाखको कार

केही दशक अघिसम्म पनि नेपाली नायिकाहरुको साझा सवारी साधन थियो, स्कुटर । त्यतीबेला नायिकाले आफ्नै कमाईमा स्कुटर किन्नु पनि ठुलो उपलब्धि मानिन्थ्यो । तर, अहिले समय फेरिएको छ । अहिले नेपाली नायिकाहरु आफ्ना हरेक विलासी सपना पूरा गर्न सक्ने अवस्थामा पुग्न थालेका छन् । भर्खरै मात्र अहिले चर्चामा रहेकी नायिका प्रियंका कार्कीले कोरियन जीप खरिद गरेकी छन् । जसको मूल्य ७० लाख रुपैयाँ पर्छ । 

 नायिका कार्की ‘थ्री लभर्स’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । गत वर्ष नायिका कार्की सर्वाधिक फिल्म खेल्ने नायिका बनेकी थिइन् । उनले कार किनेपछि कारसँगै उभिएर मेरो पहिलो कार लेखेर आफ्ना वालमा पोस्ट गरेकी छन् । ‘तपाईंहरुको  माया र साथले जुन सफलता दिलायो, त्यसैको प्रतिफल हो ’उनले लेखेकी छन् ।  कार्की भन्दा पहिला अरु पनि स्थापित धेरै नायिकाहरु छन्, जो आफ्नै कारमा सवार हुन्छन् ।

नायिका नम्रता श्रेष्ठ ४५ लाख मूल्य पर्ने कार चढ्छिन् । त्यस्तै  नायिका रेखा थापा पनि आफ्नै कार चढ्छिन् । नायिका करिश्मा मानन्धर, निशा अधिकारी पनि कार चढ्छिन् ।   

http://www.nepalipatra.com/news/detail/15319/3

Read Full Discussion Thread for this article